Home / Feature Breaking news / चुनावी प्रतिवद्धता पूरा गर्छौः अध्यक्ष डिसी

चुनावी प्रतिवद्धता पूरा गर्छौः अध्यक्ष डिसी

दाङ, ३ फागुन । घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसीले आफूहरुले चुनावमा गरेका प्रतिवद्धता पूरा गर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित खानेपानी संस्थामा पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो पहिलो प्राथमिकता उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने हो’ अध्यक्ष डिसीले भने । त्यसका लागि अगाडि बढ्ने उनले बताए । संस्था आउँदा दिनमा खानेपानीको मुहान संरक्षण, स्रोत वृद्धि गर्ने आफूहरुले अगाडि बढाउने बताए । सबैको सहयोगमा नै संस्था अगाडि बढ्ने उनको भनाइ रहेको छ ।

कुनै पनि काम एक्लै अगाडि बढ्न सफल नहुने भएकाले सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । आफू जित सम्पूर्ण उपभोक्ताहरुको जित भएको बताए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पूर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, चन्द्रराज पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए । संघका उद्योग उपाध्यक्ष वसन्त जोसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकण संघका सचिव माया पोख्रेलले गरेकी थिइन् । कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई टिका र माला लगाएर स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*