Home / Feature Breaking news / पश्चिम दाङमा बस दुर्घटना हुँदा ४२ जना घाईते

पश्चिम दाङमा बस दुर्घटना हुँदा ४२ जना घाईते

दाङ,३ फागुन । दाङमा दुईवटा यात्रुबहाक बस दुर्घटना हुँदा ४२ जना यात्रु घाईते भएका छन् । शुक्रबार साँझ पौने ४ बजेतिर दंगीशरण गाउँपालिका वडा नं। ७ श्रीगाउँको बोगटीमा दुईवटा यात्रुबहाक बस ठोक्किदा भएको दुर्घटनामा घाईते भएका मध्ये तीनजनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको यात्रुबहाक बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुरको उरहरी आउँदै गरेको ना ८ ख १०१७ नम्बरको बिहेको बस एकआपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

घाईतेहरुमध्ये ३९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ, भने गम्भीर घाईते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर लगिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*