Home / Feature Breaking news / जयशेरको माविको महायज्ञमा ९० लाख बढी दान संकलन

जयशेरको माविको महायज्ञमा ९० लाख बढी दान संकलन

पिताम्वर रिजाल

दाङ, १ फागुन

घोराही उपमहानगरपालीका ६ मा रहेको जयशेर माध्यामीक विद्यालय रावतगाँउमा प्राविधीक शिक्षा सञ्चालनका लागी  आयोजना गरिएको श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ मा आठाँैँ दिनसम्म  ९० लाख बढी दान संकलन भएको छ । श्रीमद भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को आठौ दिनसम्म ९० लाख रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

आठौँ  दिन एक परिबारले बिस लाख भन्दा बढी दान गरेका छन् । घोराही उपमहानगर पालिका वडा नम्बर ६ कम्दाघडेरी निवासी स्व बुबा लक्ष्मण वली र स्व आमा तुलसादेबी वलीको स्मृतीमा छोराहरु घनश्याम वली गंगाराम वली, रञ्जित वली, महाबीर वली, बिष्णु प्रसाद वली,र रेख बहादुर वलीले २० लाख ११ हजार १ सय ११ रुपैँया दान गर्नुभएको हो ।

यस्तेै घोराही उपमहानगर पालिका वडा नम्बर ६ बचा नबिासी केशब महराले ६ लाख असी हजार रुपैया,घोराही उपमहानगर पालिका वडा नम्बर ६ चोरगाउ निबासी जगबीर चौधरीले ५ लाख ६१ हजार रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर ६ पन्नेपुर निबासी चुर्णबहादुर वलीले २ लाख ७१ हजार पाँच रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर ७ निबासी रेवता देवी योगी र छोरा बलदेब योगीले ३ लाख १ हजार १ सय पाँच, घोराही उपमहानगर पालिका वडा नम्बर १६ सर्रा निबासी प्रबिण भण्डारी र आमा बोधादेबी भण्डारीले२ लाख ५ हजार ५ सय ५५, बाँके जिल्ला कोहलपुर निबासी प्रमोद श्रेष्ठ र मिनाश्रेष्ठले १ लाख १ट हजार १११, घोराही उपमहानगर पालिका वडा नम्बर १६ बयरबटुवा निबासी श्यामलाल भण्डारीले ८१ हजार रुपैया महायज्ञमा दान गर्नुभएको छ ।

यस्तै घोराही उपमहानगर पालिका वडा नम्बर  १६ पर्सा निबासी तारा डिसीले५५ हजार पाच सय ५५, घोराही उपमहानगर पालिका वडा नम्बर  १६ सर्रा नबिासी रमेश जिसीले ५१ हजार एक सय रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर  १५ निबासी वशन्तराज थापाले ५१ हजार १ सय ५१ रुपैया, घोराही उपमहानगर पालिका वडा नम्बर  १६ निबासी गोपाल भण्डारीले ५१ हजार १सय ११, घोराही उपमहानगर पालिका वडा नम्बर ६ फचकपुर टोल बिकास सस्थाले ५० हजार १सय पाँच , घोराही उपमहानगर पालिका वडा नम्बर ६  पीपल छहारी टोल बिकास सस्थाले ४० हजार ५५ रुपैया दान गर्नु भएको छ ।

महायज्ञमा मुख्य वाचक पण्डित अमृत शरण देबाचार्य रहनु भएको छ । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

विद्यालयको उद्धेश्यप्राप्तीकालागी महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेख वहादुर वलीले अनुरोध गर्नु भएको छ । यही माघ २२ गते देखी सूरु भएको महायज्ञको समापन भोलि गरीने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*