Home / Feature Breaking news / घोराहीमा करिव १८ सय भुकम्प प्रतिरोधी घर

घोराहीमा करिव १८ सय भुकम्प प्रतिरोधी घर

दाङ,२९ माघ । घोराही उपमहानगरपालिकामा करिव १८ सय भुकम्प प्रतिरोधी घरहरु रहेका छन । घोराही उपमहकानगरपालिका अनुसार विगतको पाँच बर्षमा घोराहीमा एक हजार सात सय ८६ वटा भुकम्प प्रतिरोधी घरहरु निर्माण भएका हुन ।

भवन निर्माण आचारसंहिता लागुभएको २०६९ सालदेखि हालसम्म घोराहीको सहरी क्षेत्रमा एक हजार सात सय ८६ घरहरु निर्माण भएको घोराही उपमहानगरपालिकाका इन्जिनियर रामधन श्रेष्ठले जानकारी दिए । खास गरी सहरी क्षेत्रमा भवन आचारसंहिता पालन गरेर भवन निर्माण गर्ने गरिएको श्रेष्ठले बताए । । उनका अनुसार नक्सापास गर्ने,इन्जिनियरले भने अनुसार सरिया राखेर घर निर्माण गर्ने क्रम बढ्दै गएको छ । घोराही उपमहानगरपालिकामा करिव २४÷२५ हजार घरहरु रहेका छन । जसमा ४० प्रतिशत पक्की र बाँकी ६० प्रतिशत परम्परागत रुपमा बनेका कच्ची घरहरु रहेका छन ।

उपमहानगरपालिकाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि ३ सय ८६ जना डकर्मीहरुलाई तालिम प्रदान गरेको छ । भवन निर्माण आचारसंहितामा कडाईसँगै सचेतनाका कारण पछिल्लो समय भुकम्प प्रतिरोधी घर बनाउनेहरु बढ्दै गएको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*