Home / Feature Breaking news / घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल बिजयी

घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल बिजयी

दाङ, २७ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचतमा लोकतान्त्रीक प्यानल बिजयी भएको छ । नयाँ नेतृत्वका लागि घोराहीमा भएको निर्वाचनमा सस्थाको अध्यक्षमा छैठौ पटक देवी बहादुर डिसी निर्वाचित भएका हुन ।

उनले १ हजार ९ सय ९६ मत प्राप्त गरि बिजयी भएको निर्वाचत अधिकृत रेवतीरमण भट्राईले जानकारी दिए । उनका अनुसार प्रगतिशील प्यानलका अध्यक्षका उमेद्धवार गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका थिए । ।

त्यस्तै सस्थाको उपाध्यक्षमा भरतमणी पाण्डे निर्वाचित भए । उनले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी मधुसुदन शर्मा अर्यालले ९ सय ७६ मत ल्याएका छन् । सचिवमा १ हजार सात सय २५ मत ल्यायी सुमन शर्मा बिजयी भएका छन । सचिवमा र प्रगतिशील प्यानलका निर्मल गौतमले नौ सय ९० मत ल्याई पराजित भएका थिए ।

सस्थाको कोषाध्यक्षमा धु्रब केसी एक हजार नौ सय सात मत ल्यायी बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी सयुक्त व्यवसायीक प्यानलका नरबहादुर बुढाथोकीले ८ सय दुई मत प्राप्त गरेका थिए । सस्थाको सचिव र कोषाध्यक्षमा निर्वाचित शर्मा र केसी दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

त्यस्तै सस्थाको सदस्यहरूमा लोकतान्त्रीक प्यानलवाट एक हजार तीन सय ७१ मत ल्याएर धमेन्द्र श्रेष्ठ, एक हजार तीन सय २० मत ल्याएर नारायण भण्डारी, एक हजार छ सय १८ मत ल्याएर खुमा खड्का थापामगर, एक हजार पाँच सय २१ मत ल्याई यशोदादेवी पाण्डेय र एक हजार तीन सय ३६ मत ल्याएर लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका निर्वाचित अधिकृत भट्राईले जानकारी दिए ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् । निर्वाचनमा प्रजातान्त्रीक प्यानललाई नेपाली काग्रेस र राप्रपाको सहयोग रहेको थियो भने प्रगतिशील प्यानललाई नेकपाको सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*