Home / Uncategorized / उपभोक्तामाँझ लोकप्रीय देविबहादुर डिसी उर्फ पानी बा

उपभोक्तामाँझ लोकप्रीय देविबहादुर डिसी उर्फ पानी बा

घोराही, २६ माघ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ५ कार्यकाल सफलतापूर्व पुरा गर्ने व्यक्ती हुन्ः देवीबहादुर डिसी । उनी फेरी पनि घोराही खानेपानीको नेतृत्वकालागी चुनावी दौडानमा छन् ।

विस २००५ सालमा जन्मीएका डागीको वुवाको नाम स्व.टेकबहादुर डाँगी आमाको नाम स्व. लीलावति डाँगी हो । बि.ए, बि.एल अध्ययन गरेको डिसी लामो समयदेखी सामाजिक क्षेत्रमा कार्यरत छन् ।

उनले विद्यालयमा शिक्षक हुनेदेखी विभिन्न सामाजिक कार्यमा सहभागी छन् । २०२३ सालमा बाहुनडाँडा विद्यालयमा २ वर्ष प्रधानाध्यापक भएर अध्यापन गरेका थिए भने २०२८ देखी २०३२ सालसम्म बराहक्षेत्र मावि सेवार बनगाँउमा प्रधानाध्यापक भएर निशुल्क अध्यपान गराएका थिए । उनी २०३५ सालदेखी २०४१ सालसम्म कानुन व्यवसायीको रुपमा कार्यरत भए ।

त्यो समयमा वकिलको क्षेत्रमा लोकप्रीय बनेका डिसी देवी वकिल भनेर परिचित थिए । वकिल उनको पेशा भएपनि उनको नामसँगै जोडिएर आउथ्यो । अझै पनि धेरैले उनलाई देवी वकिलको नामले चिन्दछन् । २०४१ देखी २०४९ सालसम्म प्रहरीको रासनको ठेकेदार बनेर उनले काम गरे ।

यस्तै २०४९ देखी २०५९ सालसम्म उनी यस क्षेत्रको पुरानो यातायात व्यवसायी समिति राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिको अध्यक्ष भएर जिम्मेवारी पुरा गरे भने उनी केन्द्रिय सदस्यसम्म पनि नेतृत्व गर्न पुगे । उनलाई यातायात क्षेत्रको पनि राम्रो अनुभव रहेको छ ।
२०५४ सालबाट उनी घोराही खानेपानीमा आवद्ध भए । २०५४ सालदेखी २०६० सालसम्म उनी यस घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य भएर काम गरे ।

त्यसपछी २०६० देखी २०७५ सालसम्म अर्थात हालसम्म घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष रहेका छन् । उनले यस संस्थामा ५ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी छैठौँ पटक अध्यक्ष हुने दौडमा रहेका छन् ।

डिसी बागेश्वरी डाँगी बन्धु ट्रष्टको आजिवन सदस्य तथा केन्द्रिय सल्लाहकार, नेपाल परिवानर नियोजन संघको आजिवन सदस्य, नेपाल रेडक्रश सोशाईटीको आजिवन सदस्य, पाण्डवेश्वर मन्दिर धारापानीको आजिवन सदस्य र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रहनुभएको छ । जुन अध्यक्ष भएको दोस्रो कार्यकाल हो ।

खानेपानीका विशेष जानकारी भएका देविबहादुर उपभोक्तामाझ लोकप्रीय छन् । खानेपानी उपभोक्ताहरुको समस्या समाधानदेखी नयाँ योजनामा विशेष दक्षता भएका उनी हरेक उपभोक्ताको घरघरमा पुगेर समस्याबारे जानकारी लिने र समाधानकालागी पहल गर्ने गर्दछन् । उनी छैठौँ कार्यकालकालागि पनि विजयी हुने उपभोक्ताहरुको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*