Home / समाचार / निवृत राष्ट्रसेवक भरतमणी पाण्डे घोराही खानेपानीको उपाध्यक्ष बन्ने तयारीमा

निवृत राष्ट्रसेवक भरतमणी पाण्डे घोराही खानेपानीको उपाध्यक्ष बन्ने तयारीमा

घोराही, २६ माघ
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षकालागी प्रजातान्त्रिक प्यानलका उमेद्वार हुन्ः भरतमणी पाण्डे ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोल निवासी पाण्डे सामाजिक व्यक्तीको रुपमा छवि बनाएका व्यक्ती हुन् ।

सडक डिभिजन कार्यालयमा ल्याब असिस्टेन्टको जागिरबाट रिटायर्ड भएका पाण्डे राष्ट्रसेवक कर्मचारी हुदाँदेखी नै लोकप्रीय व्यक्ती हुन् ।

उनी २०७२ ािलमा अन्तराष्ट्रिय साक्षरता दिवश एवं शिक्षा दिवशको अवसरमा शिक्षाप्रेमीको रुमिा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका थिए । यस्तै कर्मचारी मिलन केन्द्र घोराहीले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा पनि सम्मान गरिसकेको छ । मानव अधिकार संगठनको सदस्य, नेपाल परिवार नियोजनको सदस्य हुन् ।

शान्ति सुधा माविको अधिभावक समितिको पूर्व अध्यक्ष भएर जिम्मेवारी पुरा गरेका पाण्डे घोराही खानेपानी समितिको दुई कार्यकाल सदस्य र हालको सल्लाहकार छन् ।

उनी समितिको उपाध्यक्ष भएर खानेपानीको व्यवस्थापन र विस्तारकालागि लागिपर्ने उद्धेश्यकासाथ चुनावी मैदानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*