Home / समाचार / लोकप्रीय धर्मेन्द्र श्रेष्ठ घोराही खानेपानीको सदस्यमा दोहोरिदैँ

लोकप्रीय धर्मेन्द्र श्रेष्ठ घोराही खानेपानीको सदस्यमा दोहोरिदैँ

घोराही, २५ माघ

युवामाझ लोकप्रीय एक व्यक्ती हुन्ः धर्मेन्द्र श्रेष्ठ । घोराही उपमहानगरपालिका १४ निवासी श्रेष्ठ घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदकालागी चुनावी मैदानमा रहेका छन् ।

यस संस्थामा एक कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा रहेर लामो समय काम गरिसकेका छन् ।

उनीसँग त्रिभुवन नगर जेसिजको सन् २०१४ को अध्यक्ष भएर काम गरेको अनुभव छ । श्रेष्ठ राप्ती साहित्य परिषद्को आजिवन सदस्य, लायन्स क्लब घोराहीको उपाध्यक्ष, लियो क्लब अफ घोराहीको संस्थापक प्रथम उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

Dharmendra

मेडिकल सञ्चालक श्रेष्ठ घोराही खानेपानीको सदस्य रहदा पनि महत्वपूर्ण काम गरेका थिए । उनी संस्थाको विकास र उपभोक्ताहरुको समस्याप्रति जिम्मेवार भएर प्रस्तुत भएको उपभोक्ताहरुको भनाई छ । यो निर्वाचनमा विजयी हुनेमा उनी विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*