Home / समाचार / घोराही खानेपानीको सदस्यमा भिड्दै अनुभवले परिपक्व लक्ष्मी

घोराही खानेपानीको सदस्यमा भिड्दै अनुभवले परिपक्व लक्ष्मी

घोराही, २५ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी लक्ष्मीसिंह ठकुरी पनि घोराही खानेपानी संस्थाको सदस्य पदको उमेद्वार हुन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्यकालागि उनले उमेद्वारी दिएकी छन् । आनन्द टोलको अध्यक्ष भएर टोल सुधारको काममा नेतृत्व गरिरहेकी ठकुरी राप्ती महिला वन समूहको अध्यक्ष, स्वर्गद्धारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष, बहुउद्धेश्य पशुपति सामुदायिक वन उपभोक्ता समूहको स्थापना मिति २०५२ सालदेखी हालसम्म अध्यक्ष भएर काम गरेको अनुभव छ ।

महिला समूहहरुमा नेतृत्वदायी भूमीका खेलेकी सिंह यो निर्वाचनमा विजयी भएर खानेपानी संस्थामा महिला सहभागिता बढाउने उद्धेश्यकासाथ लागिपरेको बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*