Home / समाचार / अभ्यास शिक्षणका विद्यार्थीलाई विदाई

अभ्यास शिक्षणका विद्यार्थीलाई विदाई

दाङ,२५ माघ । घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको बिपी बाटिका प्राथमिक विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि अभ्यास शिक्षणमा आएका विद्यार्थीहरुलाई विदाई गरेको छ । नारायणपुरको सिद्धरत्ननाथ नमुना माध्यमकि विद्यालयवाट अभ्यास शिक्षणमा आएका विद्यार्थीहरुलाई विदाई गरेको हो ।

anushka

विद्यालयका प्रधानाध्यापक जगतबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा कुर्सी दौड र लोकगीत प्रतियोगिताको आयोजना गरिएको थियो । कुर्सी दौड प्रतियोगितामा अस्मीता चौधरी प्रथम, इश्वर वली द्धितिय र सावित्रा वली तृतिय भएका थिए ।

त्यस्तै लोकगित प्रतियोगितामा इश्वर वली प्रथम, प्रविण चौधरी द्धितिय र सावित्रा वली तृतिय भएका थिए । बिजेताहरुलाई कापी र कलम पुरस्कार प्रदान गरिएको थियो । अनुष्का बुढाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी मिना डागीले गरेकी थिइन । विद्यालयवाट ११ जना विद्यार्थीहरु अभ्यास शिक्षणमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*