Home / Feature Breaking news / सवारी चालकको स्वास्थ्यः दृष्टी कम, रक्तचाप बढि

सवारी चालकको स्वास्थ्यः दृष्टी कम, रक्तचाप बढि

दाङ, २२ माघ

सवारी दुर्घटना कम गर्नकालागी महेन्द्र राजमार्गको दाङको लमहीबाट सुरु भएको सवारी चालकको निशुल्क स्वास्थ्य जाँचलाई प्रहरीले निरन्तरता दिएको छ ।

जस अनुसार मंगलवार दाङको अमेलियामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापनमा लमही नगरपालिका एवं लमही नगरपालिका वडा नम्बर ९ को सहयोगमा स्वास्थ्य शिविर भएको हो ।

मंगलवारको शिविरमा २ सय २४ जनाको स्वास्थ्य जाँच गरिएको छ । जसमध्य बस ९८, ट्रक १ सय १, जीप २०, ट्याक्टर ४, मोटरसाईकल १ गरि २ सय २४ वटा सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा दृष्टी कमजोरी भएका ५ जना, उच्च रक्तचाप भएका १७ जना पाईएको ट्राफिक प्रहरी पोष्ट लमहीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक विष्णु केसीले जानकारी दिनुभयो । विहान ९ बजेदेखी बेलुका ४ बजेसम्म स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा लमही आँखा अस्पतालका डाक्टरहरु अमृत नेपाल र लमही अस्पतालका कोपीला तामाङको नेतृत्वमा रहेको ५ जनाको चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

1
स्वास्थ्य जाँच हुनुपूर्व एक कार्यक्रमको आयोजना गरि शिविरको उद्घाटन गरिएको थियो ।

लमही सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष लीला शाहको अध्यक्षता एव. लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा भएको कार्यक्रममा बोल्दै केसीले सवारी दुर्घटना रोक्नकालागी ट्राफिक प्रहरीले थालेको यो अभियानलाई स्थानीय तहको तर्फबाट लमही नगरपालिकाले सहयोग गरिरहेको बताए । उनले सवारी दुर्घटना रोक्नु स्थानीय तहको पनि दायित्व भएकाले आफूहरु निरन्तर लागिपरेको बताउनुभयो ।

2

कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले चालकको स्वास्थय जाँचले गर्दा सवारी दुर्घटना कम भएको बताउनुभयो । उहाँले सवारी चालकका स्वास्थ्य जाँचसँगै प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको पनि उहाँले बताउनुभयो । सबै सचेत भएमा सवारी दुर्घटना कम हुने उहाँको भनाई छ । कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमीरेले गर्नुभएको थियो ।

दाङ जिल्लामा सवारी चालकहरुको निशुल्क जाँच सुरु लमहीबाट भएको र मंगलवारसँग छैठौँ पटक शिविर सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*