Home / Feature Breaking news / टरिगाउँ विमानस्थलमा टर्मिनल भवनको शिलन्यास

टरिगाउँ विमानस्थलमा टर्मिनल भवनको शिलन्यास

दाङ २१ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको टरिगाउँ विमानस्थलमा टर्मिनल भवन (यात्रु प्रतिक्षालय) वन्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले ६० लाखको लागतमा भवन निर्माण गर्न लागेको हो । सोमवार नगर प्रमुख घनश्याम पाण्डेले एक कार्यक्रमका विचमा भवनको शिलन्यास गरेका हुन् । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले तुलसीपुरमा विमान नियमित हुनेमा कुनै पनि द्धिविधा नरहेको वताए । विभिन्न चरणमा विमानस्थलको सुधार गर्दै लगिएको भन्दै रनवे विस्तारका लागि पनि पहल गरिने उनले वताए ।

दाङमा नयाँ विमानस्थल निर्माणको पहल भइरहेको प्रति लक्षित गर्दै नगरप्रमुख पाण्डेले तत्कालका लागि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्भव नभएको भन्दै टरिगाँउ विमानस्थल सञ्चालनमा सहयोग गर्न उनले आव्ह्वान गरेका थिए । “अन्तर्राष्ट्रिय स्तरको विमानस्थल सजिलै वन्छ भने हामी पूर्ण सहयोग गर्न तयार छौ तर कतै नवन्ने अवस्था भने हुनु हुँदैन ” पाण्डेले भने । प्रदेशले तुलसीपुर विमानस्थल सञ्चालनलाई पञ्चवर्षिय योजनामा राखेर काम अगाडि वढाउन लागेको भन्दै रनवे विस्तारको काम पनि छिट्टै सुरु हुने उनको भनाई थियो ।

अस्थायी इन्धन डिपोको काम अन्तिम चरणमा पुगेको भएपनि केही प्राविधिक कमजोरीका कारण समयमै आउन नसकेको वताउँदै तत्काल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए । “इन्धन डिपो स्थापना गरेर रनवे विस्तार नहुँदासम्म दैनिक ३ देखि ४ वटा फ्लाइट उडाउने तयारीमा छौ” उनले विमानस्थल नियमित भएसँगै गुणस्तरिय होटलहरु समेत स्थापनाका लागि पहल गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा वोल्दै नागरिक समाज दाङका निवर्तमान संयोजक टिकाराम रेग्मीले विमानस्थल नियमित हुँदा जनताले निकै राहत महसुस गरेको वताउँदै धावन मार्ग विस्तार गरेर ठूला प्रकृतिको जहाज अवतरण गराउनका लागि सबैले पहल गर्नुपनेै उनको कथन थियो । “केही निहित स्वार्थका कारण धावनमार्ग विस्तारको काम रोकिनु हुँदैन ” रेग्मीले भने । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले निजी क्षेत्रलाई नियमित विमान सञ्चालनले निकै राहत भएको भन्दै उडान थप गर्नका लागि आग्रह समेत गरे । उनले विमान सञ्चालनसँगै तुलसीपुर पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि सबैले पहल गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा वोल्दै नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले टर्मिनल भवन निर्माणसँगै यात्रुहरुलाई सहजता हुने वताए । उनले ४० जना यात्रुहरु अटाउने गरि चमेना गृह, टिकट काउन्टर, वाथरुम लगायतको सुविधा रहने जानकारी दिए । विमानस्थल संयोजक सुर्यवहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त विवस आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*