Home / Feature Breaking news / घोराहीमा हुने विरोध कार्यक्रममा सहभागी हुन कांग्रेसको अनुरोध

घोराहीमा हुने विरोध कार्यक्रममा सहभागी हुन कांग्रेसको अनुरोध

दाङ, २० माघ

नेपाली कांग्रेस दाङले भोली सोमवार घोराहीमा आयोजना गरेको विरोध पर्दशनमा सहभागी हुन सम्पूर्ण दाङबासीहरुमा अनुरोध गरेको छ ।

नेपाली कांग्रेसको माघ १३ बजे बसेको केन्द्रिय समितिको बैठकको निर्णय अनुसार भोली सोमवार देशभर हुने विरोध पर्दशन अन्तरगत वर्तमान सरकारको काम विरुद्ध घोराहीमा हुने ¥याली तथा विरोध सभामा सहभागी हुनकालागी नेपाली कांग्रेस दाङले सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको हो ।

संदमा माघ ११ गते भएको बलजफ्ती घटना, प्रधानमन्त्री स्वयंम्को अग्रसरतामा भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य, स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोईराला र सुशील कोईरालाको नाममा रहेका जि.पी कोईराला श्वासप्रश्वास उपचार केन्द्र तनहु र सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयासविरुद्धमा काग्रेसले माघ २१ गते सोमवार देशभर विरोध सभाको कार्यक्रम आयोजना गरिएको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दलक ानेता शेरबहादुर देउवाका उपस्थितिबिना संबैधानिक परिषद्को बैठक राख्नु र नियुक्तीका केही निर्णय गर्नु लोकतान्त्रिक मृल्य र परम्परा विपरितको घटना भएको, देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता अघन्य अपराधनियन्त्रण गर्न सरकार असफल भएको, महंगी, भ्रष्टाचार एवं अनेकौ जनविरोधी निर्णयहरुको विरुद्धमा एवं जिल्ला स्तरमा भएका स्थानीय मुद्धाहरुमा केन्द्रित रहेर देशभर हुने प्रर्दशन अन्तरगत दाङमा पनि विरोध सभा हुने कांग्रेस दाङका सभापति कृतबिहादुर खड्काले जानकारी दिनुभयो ।

भोली सोमवार विहान ११ बजे पार्टि कार्यालयमा जम्मा भएर विरोध ¥याली सहित बजार परिक्रमा गर्ने र तुलसीपुर चोकमा सभा गरिने कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई कांग्रेसका सहमहामन्त्री प्रकासशरण महत, केन्द्रिय सदस्य दिपक गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थितिकालागी सम्पूर्ण नेता कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला, क्षेत्र, नगर गाँउ समिति, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था, सुवेच्छुक एवं सम्पूर्ण जिल्लाबासीहरुमा कांग्रेस जिल्ला समितिले अनुरोध गरेको छ ।

यस्तै नेपाली कांग्रेसका सम्पूर्ण क्षेत्रीय सभापतिहरुले पनि सो सभामा उपस्थित हुनकालागी सम्पूर्णमा अनुरोध गरेका छन् । क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, २ का सभापति गिरिराज सुवेदी, ३ का सभापति भुपबहादुर डाँगी, ४ का सभापति जगतबहादुर खड्का र ५ का कार्यवाहक सभापति घनश्याम ढकालले पनि भोली सोमवार घोराहीमा हुने विरोध कार्यक्रममा उपस्थित हुनकालागी सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

यस्तै नेविसंघका अध्यक्ष राजकुमार डाँगी, तरुण दलका अध्यक्ष टिका घर्ति, महिला संघका अध्यक्ष गोमा रावत, दलित संघका अध्यक्ष बाबुराम विश्वकर्माले पनि विरोध कार्यक्रममा उपस्थितिकालागी सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*