Home / Feature Breaking news / कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीनः सभामुख महरा

कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नु औचित्यहीनः सभामुख महरा

दाङ,२० माघ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोध औचित्यहीन भएको बताएका छन् ।

सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप प्रतिपक्ष दल कांग्रेसबाट लागिरहेका बेला महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन आग्रह गरे ।

‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनुहुन्न,’, रिपोर्टस् क्लब दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख महराले भने, ‘प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’ चिकित्सा शिक्षाको विधेयकको विरोधमा कुनै दम नरहेकाले यसबाट पछि हट्न उनले कांग्रेसलाई सुझावसमेत दिएका छन् ।

फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्रै विमानस्थल टरिगाउँ विमानस्थलको अस्थायी इन्धन डिपो ल्याउने काममा ढिलाइ भएको बताए ।

‘अस्थायी इन्धन डिपो ल्याउने विषयमा आयल निगमसँग मन्त्री र सचिवले तोक लगाइसक्नुभएको थियो’, महराले भने, ‘तर,कर्मचारीले फाइल गायब बनाएपछि ढिलाइ भएको छ ।’ कर्मचारीले फाइल गायब गायब पारे पनि अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उनले बिमान स्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढि सकेको जानकारी दिए । यसैबीच टर्मिनल भवनको सोमबार सिलन्यास गर्न लागिएको उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिएका थिए ।
साथै उनले बिमानस्थललाई निरन्तरता दिन उपमहानगरपालिकाले दैनिक प्राबिधिक सहयोग गरिरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*