Home / Feature Breaking news / फुटसलको उपाधि युनाईटेड ‘ए’ लाई

फुटसलको उपाधि युनाईटेड ‘ए’ लाई

लक्ष्मण बस्नेत
दाङ, १७ माघ । तुलसीपुर नगर स्तरीय फुटसल प्रतियोगिता २०७५ को उपाधि आयोजक युनाईटेड युथ क्लब तुलसीपुर ‘ए’ ले हात पारेको छ ।

युनाइटेड युथ क्लब तुलसीपुर ५ को आयोजनामा भएको प्रतियोगिताको फाईनलमा युनाईटेड युथ क्लब ‘बि’ लाई ७ का विरुद्ध १० गोल अन्तरले पराजित गर्दै युनाईटेड युथ क्लब ‘ए’ ले उपाधि चुमेको हो । फाईनलमा सानदार जित निकालेको युनाईटेड ‘ए’ ले उपाधिसँंगै नगद २० हजार नगद तथा ट्रफी हात पार्न सफल भएको छ । उपबिजेता युनाईटेड ‘बि’ ले नगद ८ हजार तथा ट्रफी हात पारेको छ ।

उल्लेख्य दर्शकले भरिएको अरनीको खेल मैदान तुलसीपुरमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलमा यनाईटेड ‘ए’ का तर्फबाट जर्सी नं १४ का खेलाडी भुपेश डागीले सर्वाधिक ५ गोल गर्दै ह्याट्रिक गर्न सफल भए । त्यस्तै अर्जुन नेपालीले ३ गोल गर्दै ह्याट्रिक गरे भने अविषेक ओली र बिमल खड्काले समान १÷१ गोल गरे । युनाईटेड ‘वि’ का तर्फबाट जर्सी न १७ का खेलाडी मदन भण्डारीले आफ्नो टिमको तर्फबाट सर्वा्धिक ५ गोल गर्दै ह्याट्रिक गर्न सफल भए भने निशान बालान खत्री र मनिष भण्डारीले समान १÷१ गोल गरे ।

तुलसीपुर क्षेत्रमा फुटसल खेलको आकर्षण बढाउने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर क्षेत्रका १० टिमको सहभागिता रहेको थियो । यसैविच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष अमृत बुढामगरको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल सघका अध्यक्ष सुशील श्रेष्ठ एवं तुलसीपुर उपमहानगरपालिकाका ईन्जिनियर पवनकुमार योगीको बिशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिरेन्द्रकुमार शाहले मानव स्वास्थको अभिन्न अंग खेलकुदको पहुँच स्थानियस्तरसम्म पुग्नु पर्ने बताएका थिए । छिल्लो समयमा खेलकुदको बिकासप्रतिको चासो र चिन्तन आम नागरिकमा बढेको भन्दै स्पष्ट खेल बिकासको अबधारणा गाउँ–गाउँसम्म लैजानु पर्ने आवश्यकता रहेको बताए । युनाइटेड युथ क्लबका वरिष्ठ सल्लाहकार मोहन सुनारको स्वागत मन्तव्यवाट सुरुभएको प्रतियोगिताको सहजीकरण पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*