Home / Feature Breaking news / आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ,१७ माघ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।

डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

साथै कडा कदम चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

अन्यथा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारसरकार नै हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*