Home / खेलकुद / दाङमा प्रथम शहीद लखन कप प्रतियोगीता हुँदै

दाङमा प्रथम शहीद लखन कप प्रतियोगीता हुँदै

घोराही, १७ माघ । नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी गराएको छ । दाङको घोराहीस्थित भरतपुर खेल मैदानमा हुने प्रतियोगीतामा सहभागीता जनाउन नेपाल मगर संघ दाङले सबैमा आग्रह गरेको छ । जिल्लाका खेलाडी मात्रै सहभागी हुने प्रतियोगीतामा सरकारी निकायमा दर्ता भएको हुनुपर्ने छ । प्रतियोगितामा प्रथम हुने फुटबल क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयासहित कप, मेडल, प्रमाण प्राप्त गर्ने छ ।

नकआउट चरणमा हुने प्रतियोगितामा दोस्रो हुने फुटबल क्लबले नगद ५५ हजार ५ सय ५५, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने तेस्रो र चौथो हुने फुटबल क्लबले नगद १५÷१५ हजार, प्रमाण प्राप्त गर्ने प्रतियोगिता उपसमितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिए । फुटबल प्रतियोगिता उपसमितिका संयोजक मुक्त बुढा मगरको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता एवं खेलकुद बिकास समिति दाङका कोषाध्यक्ष कैलाश रोका मगरको बिशिष्ट आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

सदस्य सचिब नरेन्द्र पुनको स्वागत मन्तब्यबाट सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण सञ्चार संयोजक प्रेमबहादुर राम्जाले बताए । प्रतियोगितामा सहभागीतका लागि ५ हजार टिम दर्ता शुल्क आयोजकले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*