Home / समाचार / दाङमा पहिलो पटक ‘करोट’

दाङमा पहिलो पटक ‘करोट’

दाङ,१४ माघ । दाङको घोराहीमा यहि माघको १६ देखि १९ गतेसम्म करोट नाटक प्रस्तुत गरिने भएको छ । नाटक निर्माण पक्षले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी दिएका हुन ।
कामाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसीपुरमा मञ्चन हुने भएको हो ।

लेखक तथा निर्देशक प्रणव आकाशले पत्रकार सम्मेलनमा नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ मा तुलसीपुरमा मञ्चन हुने जानकारी दिए । ख्याल बगालको प्रस्तुती तथा आयोजना र हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको सहआयोजनामा घोराही र तुलसीपुरमा नाटक मञ्चन गरिने भएको हो । रबिलाल थारुको निर्माण रहेको नाटक घोराहीको म्यांगो गार्डेनमा देखाईने भएको हो ।

ख्याल बगालका सवि थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा नाटकको बारेमा जानकारी दिदै निर्देशक आकाशले दाङमा पहिलो पटक मञ्चन हुन थालेको नाटकले सम्पुर्ण दंगालीलाई आकर्षण गर्न सक्ने बताएका थिए ।
पश्चिमी भेगका मानिसहरुलाई नाटकका बारेमा त्यति ज्ञान नभएकाले नाटकको खासै विकास नहुन नसकेको आकाशको भनाई रहेको थियो । ‘आफ्नै ठाउँमा नाटकको बारेमा छलफल गर्ने बाटो मिल्छ त्यसकारण मैले ‘करोट’ लाई सुलब ‘ब्ल्याक बक्स’ बनाउने कोसिस गरेका छौँ ।’ दाङमा पनि कला सम्बन्धी केही विकास होस भन्ने धारणाका साथ धेरै पहिलेदेखि ‘ब्ल्याक बक्स’ बनाउने बारे छलफल भएको उनले बताए ।

राजधानीमा नाटकघर र नाट्य समूहको संख्यामा लगातार वृद्धि भैरहेका बेला काठमाडौं बाहिर पनि यसरी नाटकघर खोल्ने जमर्को हुनु र नाटक मञ्चन हुनु नेपाली रंगमञ्चका लागि सङ्केत हो ।

प्रणव आकाशद्वारा निर्देशित तेस्रो नाटक हो ‘करोट’ । उहाले यस अघि मान्छे पोल्ने भट्टि र भुरभुरा रहर निर्देशन गरेका छन । करोटको अर्थ थारु भाषामा कोल्टे फेर्नु हुन्छ । कलेजका विद्यार्थी, थारु समुदायको बारेमा जानकार सहित आम मानिसलाई लक्षित गरेर निर्माण गरिएको नाटक थिएटर शैलीमा मञ्चन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*