Home / Uncategorized / बार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यार्थीलाई पुरस्कार बितरण

बार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यार्थीलाई पुरस्कार बितरण

दाङ,११ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यामिक विद्यालयले आफ्नो १८ औ बार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रवार एक कार्यक्रमको आयोजना गरि बिभिन्न बिद्यामा उत्कृत हुने विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ ।

गत शैक्षिक सत्रमा कक्षा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थी र विद्यालयको १८ आँै बार्षिकोत्सव सामारोहका अवसरमा आयोजित बिभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियको अध्यक्षता एव ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा पुरस्कार वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्यहरु माधव खनाल, नविनकुमार पाण्डेय, शालिकराम खनाल र दिनेश गौतम, विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी, विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु नारायणप्रसाद शर्मा, शेषनारायण शर्मा र राधा बुढाथोकी लगायतकाले बोलेका थिए । विद्यालयका मावि तहका इन्चार्ज तुल्सी शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका संयोजक पूर्णचन्द्र पाण्डेयले गरेका थिए ।

यसैबिच विद्यालयले शनिवार एक कार्यक्रम आफ्नो स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा प्रदेश नं ५ सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी आउने हुने विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए ।

स्थापना दिवसमा अवसरमा विद्यालयको स्थापना गरेका बिभिन्न पुरस्कारद्धारा बिभिन्न ब्यक्तिहरुलाई सम्मान एंव पुरस्कृत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । अत्याधुनिक प्रविधि र नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा रहेको ज्योतिपुञ्ज विद्यालय पछिल्लो समय जिल्लाका एक नमुना विद्यालयका रुपमा अघि बढेको प्रवन्ध निर्देशक शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*