Home / समाचार / गिरी परिवारद्धारा आठ लाख बराबरको भुमिदान

गिरी परिवारद्धारा आठ लाख बराबरको भुमिदान

दाङ , ११ माघ । घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार वनगाउँमा रहेको बाराहक्षेत्र माध्यामिक विद्यालयको भौतिक सुधार तथा प्राविधिक शिक्षाका लागि सञ्चालित धार्मिक महायज्ञमा घोराही निवासी गिरी परिवारले आठ लाख बराबरको भुमिदान गरेको छ ।

श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को सातौँ.दिनमा घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी श्रीमति तारा पुरी,श्रीमान मदनदेव गिरी र छोराहरु निश्चल र निक्शन गिरीको परिवारले आठ लाख बराबरको भुमि दान गरेको हो ।

स्वर्गीय ससुरा–सासु सुभान गिरी र मिना गिरीको सम्भानामा परिवार घोराही उपमहानगरपालिका वडा नं.१३ वनगाउँमा रहेको एक कट्ठा जग्गामा धार्मिक महायज्ञमा विद्यालयलाई दान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*