Home / समाचार / महायज्ञमा जेष्ठ पूजन एवं महिला विशेष कार्यक्रम हुने

महायज्ञमा जेष्ठ पूजन एवं महिला विशेष कार्यक्रम हुने

घोराही, ७ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा महायज्ञमा महिला विशेष कार्यक्रम हुने भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ महायज्ञको साताँै दिन  वुधवार महिला विशेष कार्यक्रम हुने मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।

महिलाहरुको विषयमा छलफल गर्नकालागी यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रका महिला नेतृत्वहरुको सहभागीतामा छलफल कार्यक्रम महायज्ञ स्थलमा हुने योगीले जानकारी दिनुभयो ।

साथै सोही दिन महायज्ञमा आउने जेष्ठ नागरिकहरुलाई पूजन कार्यक्रम हुने भएको छ । महायज्ञमा उपस्थित ६० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पूजन गरिने मूल आयोजक समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*