Home / Feature Breaking news / महायज्ञमा हुने धार्मीक कार्यकालागी श्रद्धा भेटी

महायज्ञमा हुने धार्मीक कार्यकालागी श्रद्धा भेटी

घोराही, ६ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखी घोराहीमा सञ्चालित महायज्ञमा विभिन्न धार्मीक कार्यहरु भईरहेका छन् । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटकहरु दैनिक प्रस्तुत भईरहेका छन् ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा विभिन्न संस्कार जन्य धार्मीक कृत्य सम्पादन पनि हुने गरेको छ । जसका लागी श्रद्धा भेटी स्वरुप शुल्क निर्धारण गरिएको छ ।

अन्न पाशन तथा दीक्षा मन्त्र श्रवणकालागी १ हजार ५, विवाहकालागी १ हजार ५ सय ५, ब्रतबन्धकालागी २ हजार ५ सय ५, लघुरुद्रीकालागी कर्ताद्धारा १० हजार ५, लघुरुद्री ब्राह्मणद्धारा ३ हजार ५, षड्गरुद्री ब्राह्मणद्धारा २ हजार ४ सय ५, सत्यनाराण पूजा एवं कथा शुल्कको १ हजार ५ सय ५, लक्ष्यवर्तिकाकोलागी ५ हजार ५, चौरासीसिद्ध पूजाकालागी ८ हजार ४ सय ८४ र ग्रहजपकालागी जप हेरेर १ हजार ५ देखी ५ हजार ५ सम्म शुल्क निर्धारण गरिएको छ ।

यसैगरि महायज्ञमा विधीपूर्वक पूजन गरिएका कलश प्रतिकलश १ हजार १ सय र जोडी कलशलाई २ हजारमा उपलब्ध गराईने भएको छ । महायज्ञको मण्डपमा प्रयोग भएका पवित्र ईट्टाहरु प्रति ईट्ट ३ सयमा उलपब्ध गराईने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञमा आउने भक्तजनहरुलाई प्रसाद व्यवस्थाकोलागी दैनिक ५ हजार ५ सय ५५, ब्राह्मण भोजनकालागी प्रत्यक दिन ३ हजार ५ सय ५५, यज्ञ अवधीभर मूलकर्ता बन्नकालागी ७ हजार ५ सय ५५, कर्ता बन्नकालागी ३ हजार ५ सय ५५, दैनिक पूजा तथा आरतिकोलागी प्रत्यक दिन १ हजार १ सय ११ रुपैया शुल्क निर्धारण गरिएको महायत्रका निर्देशक प्रा.डा.अर्जुृ बुढाथोकीले जानकारी दिनुभयो ।

महायज्ञमा हालसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।
महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*