Home / Feature Breaking news / लोकतन्त्र कमजोर बनाउन न्यायलयमाथि प्रहारः नेता गिरी

लोकतन्त्र कमजोर बनाउन न्यायलयमाथि प्रहारः नेता गिरी

दाङ,५ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले लोकतन्त्रलाई कमजोर बनाउन सरकार न्यायलयलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५ महाधिवेशन प्रतिनिधिहरुको भेलालाई शनिवार घोराहीमा सम्वोधन नेता गिरीले लोकतन्त्रलाई कमजोर बनाउने गरि सरकार न्यायलयलाई कमजोर बनाउने काममा लागि परेको बताएका हुन ।

लोकतन्त्रका स्तम्भका रुपमा रहेका कानुन व्यवसायीहरु लोकतन्त्रलाई बचाउन सजक हुनुपर्ने बताएका हुन । २०४७ सालको आन्दोलनदेखि हालसम्मका आन्दोलनवाट प्राप्त उपलव्धीमा कानुन व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहेको समेत उनको भनाई रहेको थियो । बिगतमा पार्टी नेतृत्व र कानुन व्यवसायीका विचमा आपसी सहकार्य नहुदा धेरै ठाउँमा पार्टी झुक्नु परेको भन्दै नेता गिरीले आगामी दिनमा पार्टी कानुन व्यवसायीका विचमा सहयोगहुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका केन्द्रीय अध्यक्ष योगेन्द्र अधिकारी, प्रदेश सभा सदस्य तथा प्रदेश नं. ५ का लेखा समिति सदस्य डिल्लीबहादुर चौधरी,
प्रदेश सभा सदस्य अर्जुनबहादुर श्रेष्ठले लोतकन्त्र स्थापनामा कानुन व्यवसायीको महत्वपुर्ण भूमिका रहेको बताएका थिए ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५का संयोजक गोकर्णंिसङ थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष घनश्याम पन्त, बरिष्ट अधिबक्ता दिपककुमार रेग्मी, बरिष्ट अधिवक्ता गोपाल पाण्डेय‘अल्छी’,बरिष्ट अधिवक्ता भोलासिंह हमाललगायले सुभकामन मन्तव्य व्यक्त गरेका थिए । अधिबक्ता गोमा महराको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५ समितिका सचिव माधव घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*