Home / Feature Breaking news / महायज्ञमा १२ लाख रकम संकलन, सामुदायीक महिला सेवा केन्द्रद्वारा ३ लाख ५५ हजार दान

महायज्ञमा १२ लाख रकम संकलन, सामुदायीक महिला सेवा केन्द्रद्वारा ३ लाख ५५ हजार दान

घोराही, ५ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको महायज्ञमा १२ लाख रकम दान संकलन भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ । केन्द्रले महायज्ञको तेस्रो दिन शनिवार सो रकम दान गरेको हो ।

जसमा सञ्चालक समितिका अध्यक्ष कल्पना न्यौपाने सहित सञ्चालक समिति र कर्मचारीको समूह महायज्ञमा पुगेर रकम दान गरेको थियो । महायज्ञमा तेस्रो दिनको प्रमुख अतिथि सामुदायिक महिला सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने रहनुभएको थियो ।

महायज्ञमा तेस्रो दिनसम्म महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया, महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले योगीले एक लाख १११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व विद्यार्थी एवं जिल्ला न्यायाधिस लिलाराज अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैया, विद्यालयका पूर्व शिक्षक घोराही १३ का तोजबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५ रुपैया, घोराही उपमहानगरपालिका वडा नम्बर १३ का रविलाल घर्तिले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको छ ।

यस्तै महायज्ञका आर्थिक समिति संयोजक भुपाल गिरीले ३१ ह्जार १ सय १५, विद्यालयका प्रधानाध्यापक बाल्मी केसीले ३१ हजार १ सय १५, साजिदा सिद्धिकीले २५ हजार ५ सय ५५, विष्णुप्रसाद भारतिले २५ हजार ५ सय ५५, नेपाल निवृत राष्ट्रसेवक समाज दाङले ११ हजार २५, गोरक्ष रत्ननाथ मावि चौघेराले १५ हजार १ सय ६५ रुपैया दान गर्नुभएको आर्थिक समितिका केशव गिरीले जानकारी दिनुभयो ।

यसैगरी घोराही १५ का कल्पना कार्कीले ३१ हजार ५ सय ५ रुपैया, घोराही १४ का गोपाल शर्माले २५ हजार, घोराही १४ का भुपनारायण श्रेष्ठ र बुद्धकुमारी श्रेष्ठले २१ हजार ७ सय ७५ रुपैया नगद दान गर्नुभएको छ ।

यस्तै घोराही १५ का अनिलकुमार न्यौपानेले १५ हजार १ सय ५१ शुभलक्ष्मी बचत समूह घोराही १५ ले ११ हजार १ सय ५१, राप्ती अञ्चल बजार प्रतिनिधीलृ ११ हजार १ सय ११, घोराही १३ का गोपाल गिरीले १५ हजार ५ सय ५५, जागृति टोल विकास संस्था घोराही १३ ले ११ हजार २ सय ५० दान गर्नुभएको छ ।

महायज्ञमा घोराही १५ का धलकुमारी पौडेल र घोराही  १३ का थम्मन गिरीले शनिवार तुलादान गर्नुभएको प्रचार महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।

महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ । महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

महायज्ञमा बलबालिकादेखी जेष्ठ नागरिकहरु नाच्दै दान गर्दै गर्ने गरेका छन् । विद्यालयको उद्धेश्यप्राप्तीकालागी महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*