Home / Feature Breaking news / महायज्ञको पहिलो दिन पाँच लाख बढि दान संकलन

महायज्ञको पहिलो दिन पाँच लाख बढि दान संकलन

घोराही, ४ माघ ।

बराहक्षेत्र मावि सेवार वनगाउ घोराही उपमहानगरपालिका– १३ को आयोजनामा विहीवारदेखी घोराहीमा सुरु भएको ‘श्रीमद् भागवत धनधान्याचल बिराट ज्ञान महाज्ञय तथा शैक्षिक धार्मिक महामहोत्सव’ मा पहिलो दिन ५ लाख बढि दान संकलन भएको छ ।

विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको पहिलो दिन विहीवार ५ लाख बढि दान संकलन भएको छ ।

पहिलो दिन महायज्ञका निर्देशक प्रा.डा.अर्जुनकुमार बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ । स्वर्गीय वुवा लोकसिंह बुढाथोकी, स्वर्गीय आमा धनकुमारी बुढाथोकीको स्मृतिमा छोरा प्रा.डा.अर्जुनकुमार बुढाथोकी, बुहारी गीता बुढाथोकी, नाति सिए अभ्यास बुढाथोकी, छोरी रश्मी बुढाथोकीले १ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको हो ।

महायज्ञ आयोजक मूल समितिका संयोजक विमला योगीले योगीले एक लाख १० हजार पाँच सय पाँच रुपैया सहयोग गर्नुभएको छ । पिता सुभान गिरी, माता मीना गिरीको स्मृतिमा छोरा वरिष्ठ अधिवक्ता अनिरुद्र गिरी, बुहारी विमला योगी, छोरीहरु डा.अञ्जु गिरी, ईञ्जीनियर आश्या गिरी र छोरा अवनिश गिरीले १ लाख १० हजार ५ सय ५ रुपैया दान गर्नुभएको छ ।
यस्तै महायज्ञ आर्थिक समितिका संंयोजक भूपाल गिरी र श्रीमति गीताकुमारी गिरीले स्वर्गिय वुवा लिलु गिरी र स्वर्गिय आमा पूर्णकला गिरीको स्मृतिमा ३१ ह्जार १ सय १५ रुपैया, आयोजक विद्यालयका प्रधानाध्यापक बाल्मी केसी र उहाँको श्रीमान जीतबहाुदर थापाले स्वर्गीय ससुरा मेघबहाुदुर थापा, स्वर्गीय आमा तल्सीकुमारी केसी र स्वर्गीय पीता टोपबहादुर केसीको स्मृतिमा ३१ हजार १ सय १५ रुपैया दान गर्नुभएको छ ।

यसैगरि बिष्णु प्रसाद भारति र बसन्ता भारतिले २५ हजार पाँच सय ५५ र अजमद अलि सिद्धिकी, ताहिरा सिद्धिकी, साजिदा सिद्धिकी र महमद अब्राहिम सिद्धिकीले २५ हजार पाँच सय २५, रुपैँया दान गर्नुभएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको प्रदेश सभा सांसद् अमरबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो । महायज्ञमा हरेक दिन भजनकृतन, पूजापाठ, कथा वाचन एवं रमाईला झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेका छन् ।

महायज्ञमा हरेक दिन बेलुका एक जना प्रमुख अतिथि बनाईने भएको छ । जसअनुसार पहिलो दिन आयोजक विद्यालय रहेको वडा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तिलाई प्रमुख अतिथि बनाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*