Home / खेलकुद / दोश्रो मेयरकप रनिङ फुटवल प्रतियोगिता आजदेखि

दोश्रो मेयरकप रनिङ फुटवल प्रतियोगिता आजदेखि

घोराही, ४ माघ । दाङको घोराहीमा आजदेखी दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिता हुनेभएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा गतबर्षदेखि सुरु भएको मेयरकप फुटवल प्रतियोगिता यसबर्ष आजदेखि सुरु हुन थालेको हो ।

प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरु सहभागि हुने सामाजिक विकास समितिका संयोजक भरत अर्यालले जानकारी दिनुभयो । मध्यान्न १२ बजे नगरपालिकाबाट ¥याली निकाल्ने र १ बजे भरतपुर खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिने भएको छ । उद्घाटन खेल वडा नम्बर वडा नम्बर ७ र १६ विच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*