Home / Feature Breaking news / शैक्षिक विकासका लागि धार्मिक महायज्ञः डागी

शैक्षिक विकासका लागि धार्मिक महायज्ञः डागी

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बनगाउँमा रहेको बाराहक्षेत्र माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोगार्थ श्रीमद्भागवत धनधान्यञ्चल विराट नवाह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको विहिवार एक भव्य कार्यक्रमका विच प्रदेशसभा सदस्य अमरबहादुर डागीले उदघाटन गरेका हुन ।

महायज्ञ मुल आयोजक समितिका संयोजक बिमला योगीको अध्यक्षतामा भएको धार्मिक महायज्ञको उदघाटन गर्दै प्रदेशसभा सदस्य अमरबहादुर डागीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा लिनुपर्ने बताएका छन । समृद्ध समाज निर्माणका लागि दक्ष जनशक्ति आवश्यक रहेको भन्दै सांसद डागीले दक्ष जनशक्ति उत्पादनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा महायज्ञका प्रमुख बाचक बालयोगेश्वर महादेव,ले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने बताए । नेपालमा सामुदिायक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि भागवत गिताका माध्यमवाट आफु लागि परेको भन्दै उनले दाङको घोराहीमा सञ्चालन भएको महायज्ञ महत्वपुर्ण सावित हुने बताएका हुन । त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले भौतिक रुपमा जीर्ण भएको सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि सुरुवात भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व भएको बताए ।

देशको आर्थिक समृद्धिसँगै दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक जनशक्ति आवश्यक रहेको भन्दै उनीहरुले बाराहक्षेत्र माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने भएका थिए ।

कार्यक्रममा जिल्ला न्यायाधिक लिलाराज अधिकारी, नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकका जिल्ला उपाध्यक्ष अजमद अलि सिद्धिकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पदमोदय पव्लीक नमूना माध्यामिक विद्यालयका प्रचार्य डा.कृष्णराज डिसीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । महायज्ञका निर्देशक अर्जुन बुढाथोकीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा विद्यालयको बोमा जानकारी विद्यालयकी प्रधानाध्यापक बाल्मी केसीले गरेकी थिइन । कार्यक्रमको सहजीकरण लीला शाह र आरके शितलले गरेका थिए ।
बाराहक्षेत्र माध्यामिक विद्यालयमा बालशिक्षादेखि कक्षा १०सम्म अध्ययन हुने गरेको छ । जसमा बालशिक्षादेखि कक्षा ६सम्म अग्रेजी माध्यममा पढाई हुने गरेको छ । विद्यालयमा ५ सय बढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*