Home / Feature Breaking news / घोराही उपमहानगरद्धारा किसानलाई जोत्ने ट्याक्टर

घोराही उपमहानगरद्धारा किसानलाई जोत्ने ट्याक्टर

दाङ । घोराही उपमहानगरपालिकाले किसानहरुलाई कृषि औजारहरु वितरण गरेको छ । उपमहानगरपालिकाको कृषि शाखाले ८ जना किसानलाई हात ट्याक्टर, एक जनालाई रोडा भेटर र ६ जनालाई मल्चीङ पलाष्टिक वितरण गरेको हो ।

उपमहानगरका आर्थिक विकास समिति संयोजक राममणि पाण्डेको अध्यक्षता एवं नगर प्रमखु नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले किसानहरुलाई ति सामाग्रिहरु हस्तान्तरण गर्नुभएको हो ।

aba

किसानहरु कुली चौधरी, जंगबहादुर चौधरी, जालुराम चौधरी, जगमान चौधरी, आशाराम चौधरी, उमबहादुर राना, लालबहादुर चौधरी, र नौलो कृषक समुहरुलाई हाते ट्याक्टर र पुरुषोत्तम घर्तीलाई रोडाभेटर दिईएको हो । ५० प्रतिशत नगरको र ५० प्रतिशत रकम किसानको जम्मा गरेर ति औजारहरु खरीद गरिएको हो ।

एउटा हाते ट्याक्टरको मूल्य १ लाख ९० हजार परेको छ । कृषिलाई व्यवसायीककरण गर्दै गएका किसानहरुले दिएको निबेदनका आधारमा छनोट गरि ५० प्रतिशत अनुदानमा औजारहरु बितरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कृषिलाई आधुनीकिकरण गर्नमा सघाउन स्थानिय सरकार तयार रहेको जानकारी दिनुभयो । कृषिबाटै आर्थिक संबृद्धी हुने भन्दै उहाँले सिचाईका लागि ड्याम निर्माण र कृषकहरुलाई तालिमको व्यवस्था समेत गर्दै आएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*