Home / Feature Breaking news / सैघा स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई न्यानो कपडा

सैघा स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई न्यानो कपडा

दाङ । घोराही उपमहानगरपालिका १९ सैघा स्वास्थ्य चौकीले प्रसुूति गराउन आउने आमालाई न्यानो कपडा प्रदानको शुरुवागत गरेको छ । स्वास्थ्य चौकीले पुस २९ गतेबाट यस प्रकारको अभियान सुरु गरेको स्वास्थ्य चौकीका प्रमुख चित्रवहादुर वलीले बताए । स्वास्थ्य चौकीले सरकारले स्वास्थ्य चौकीमा आएर प्रसुति गराएमा दिने १ हजार ८ सय रुपैया, शिशुलाई न्यानो कपडासंगै आमालाई पनि न्यानो कपडा दिन सुरु गरेको स्वास्थ्य चौकी प्रमुख वलीले बताए ।

आमालाई न्यानो कपडा स्वरुप कम्मल प्रदान गरिने छ । जसले गर्दा गर्भवती आमालाई समेत चिसोबाट वच्न सहयोग मिल्ने अपेक्षा स्वास्थ्य चौकीले गरेको छ । ‘चिसो स्थान भएकाले पनि हामीले प्रसूति हुन आउने आमाहरुलाई पनि न्यानो कपडा दिन थालेका हौ’ स्वास्थ्य चौकी प्रमुख वलीले भने ‘ यसले स्वास्थ्य संस्थामा प्रसूति गराउने संख्या समेत बढने छ ।’ सैघा पहाडी क्षेत्र हो । उपमहनगरपालिका भएपनि विगट भएको कारण अझैपनि घरमै प्रसूुित गराउनेको सख्या पनि त्यतिकै छ । पहाडी क्षेत्र भएकाले चिसो समेत वढी हुने गरेको छ । स्वास्थ्य चौकीले वडा कार्यालयको सहयोगमा कम्मल प्रदान गर्ने गरेको उनले बताए ।

यसका लागि वडा कार्यालयले ५० हजार वजेट समेत विनियोजन गरेको प्रमुख वलीले बताए । ‘वडा कार्यालयको कार्यक्रम हो हामीले यसको कार्यान्वयन गरेका हौ’ प्रमुख वलीले भने । आमालाई पनि न्यानो कपडा प्रदान गरे पछि स्वास्थ्य चौकीमा आएर प्रसूति गराउनेहरुको सङख्या वढने समेत अपेक्षा लिएको छ । आमाहरुको स्वास्थ्य राम्रो वनाउन सहयोग गरेको वडा अध्यक्ष हर्कवहादुर घर्तिले बताए । वडा कार्यालयले नागरिकको माग अनुसार अन्य विभिन्न प्रकारकाकार्यहरुलाई अगाडि वढाउने समेत बताए ।

kammal

स्वास्थ्य चौकीले पहिलो दिन नै ३ जना आमाहरुलाई न्यानो कपडा स्वरुप कम्मल प्रदान गरेको स्वास्थ्य प्रमुख वलीले बताए । स्वास्थ्य चौकीले वडा कार्यालयको सहयोगमा केही समय अघिवाट गर्भ जाँच गराउन आएका आमाहरुलाई नुन प्रदान गर्ने गरेको छ । यसले गर्दा महिलाहरु गर्भवती भएपछि स्वास्थ्य संस्थामा जचाउन आउने अपेक्षा लिएको छ । गर्भ जचाउन आएमा उनीहरु स्वास्थ्यमा आउन सक्ने खतराबाट समेत वच्न सक्ने स्वास्थ्य चौकीले जनाएको छ ।

पहाडी क्षेत्र भएकाले धेरै नागरिक अशिक्षीत रहेका छन् । जसले गर्दा अझै पनि धेरै महिलाहरु घरमा नै प्रसूति हुने गरेका छन् । घरमा बच्चा जन्माउदा आमा र शिशुको स्वास्थ्य समेत जोखिममा हुने गरेको स्वास्थ्य चौकीले जनाएको छ । यसैविच सैघामा आमा समूह र स्वास्थ्य स्वयसेवीकाहरुविच हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा पटिजा स्वास्थ्य आमा समुह प्रथम, होडवाङ स्वास्थ्य आमा समूह द्धितीय, खोलीगाँउ स्वास्थ्य आमा समूह तृतीय र सैघा स्वास्थ्य आमा समुह सान्त्वना भएका थिए । प्रतियोगीताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*