Home / मनोरञ्जन / लोकप्रीय बन्दै सिर्जु अधिकारीको ‘ब्याण्डबाजा’

लोकप्रीय बन्दै सिर्जु अधिकारीको ‘ब्याण्डबाजा’

दाङ, २७ पुस

नेपाली कलाकारितामा एक चर्चीत नाम होः सिर्जु अधिकारी । गायिका तथा मोडेल सिर्जु अधिकारी संगीत क्षेत्रमा व्यस्त छिन् । उनको एक पछि अर्को गीत सार्वजनिक भईरहेको छ ।

Sirju 5

हालसालैमात्र उनको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीत लोकप्रीय बनेको छ ।सबैले रुचाएको गीत बनेको छ ब्याण्ड बाजा । सुदुरपश्चीमको भाषलालाई गीतमा समावेश गरिएको छ ।

Sirju 3

चर्चीत र ग्ल्यामरस सिर्जु गीत संगीतको क्षेत्रमा अलराउण्ड हुन् । ‘ब्याण्ड बाजा’ बोलको गीतमा सिर्जुको स्वर, शब्र र संगीत रहेको छ ।

केही दिन अघि सिर्जु अधिकारीको अफिसियल युटुब च्यानलवाट सार्वजनिक भएको गीतमा निकै राम्रो प्रतिक्रिया पाएको छ । यो गीत आजभोली सञ्चारमाध्यममा छाएको छ । यूट्यूबमा गीतको सर्वत्र चर्चा भएको सिर्जु बताउछिन् ।

Sriju 2

‘गीतले राम्रो प्रतिक्रीया पाएको छ’ उनले भनीन्­‘गीतलाई माया गरिदिनुहुने सम्पूर्ण दर्शक स्रोताहरुलाई धन्यवाद दिन चाहन्छु ।’
गीतमा अराज केशवले र्याप दिएका छन् । शिब बिकको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

Sirju

भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेनको अभिनय एवं नृत्य रहेको छ । भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लीब गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*