Home / Feature Breaking news / दाङमा सुरु भयो विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम

दाङमा सुरु भयो विद्यालय–प्रहरी सम्पर्क कार्यक्रम

घोराही, २५ पुस

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत विद्यालय प्रहरी सम्पर्क कार्यक्रम दाङमा वुधवारदेखी सुरु भएको छ ।

साझेदारी कार्यक्रम अन्तरगत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको गोरखा ईन्टरनेशनल पब्लीक सेकेण्डरी स्कूल घोराहीबाट सुरु गरिएको छ ।

कार्यक्रमको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गर्नुभएको हो ।

विद्यालयमा गठन भएको प्रहरी–विद्यालय साझेदारी समितिको आयोजनामा विद्यार्थीहरुकालागी सचेतनामूलक कार्यक्रम भएको हो ।

विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत चार सय विद्यार्थीहरुलाई चेतनामूलक प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा आधारभुत सुरक्षा सचेतना, आकूस्मीक नम्बरको प्रयोग, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा अपराध, अपराध रोकथाम र जिम्मेवारी, साईवर सुरक्षाका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

49666894_2591105294296736_1724040210947244032_n

पाण्डेले आधारभुत कानुन र मानवअधिकार, सडक सुरक्षा, लागु औषध निषेध, मादक पदार्थ र सुर्तिजन्य पदार्थको नकारत्मक प्रभाव, विपद् जोखिम न्यूनिकरण लगायतका विषयमा पनि जानकारी दिनुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तिको अध्यक्षता एवं पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपराध न्यूनिकरणकालागी विद्यार्थीहरुको भूमीका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सुचना दिएर प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक बसन्त पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*