Home / Feature Breaking news / शारीरिक अपाङ्ंग विष्टलाई घर

शारीरिक अपाङ्ंग विष्टलाई घर

दाङ । घोराही उपमहानगरपालिका वडा नं.४ निवासी शारीरिक अपाङ्गता भएका व्यक्ति केशर बहादुर विष्टका लागि घर निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष भिमबहादुर सार्कीलगायतको पहलमा विष्टका लागि वडा नं. ४ को माझ गाउँमा दुई कोठे भवन निर्माण गरिएको हो ।

बिष्टकी श्रीमतिको निधनसँगै दुई छोराहरुले छोडेपछि बिष्ट परिवारवाट एक्लीएका थिए । प्लारालाइसीस विरामीका बिष्टलाई छोराहरुले छोडेपछि बिष्ट बजार तथा गाउघरमा मागेर दैनिकी टार्दै आएका थिए । बिष्टलाई मागेर दैनिक चलाएपनि स्थायी रुपमा बस्ने घरसमेत नभएपछि स्थानीयवासीको घरमा बस्दै आएका थिए । बेसाहरा बनेका विष्टलाई घोराही उपमहानगरपालिका वडा नं. ४ ले वडा कार्यालयको विपद व्यवस्थापन कोषअन्तर्गत १५ हजार नगद सहयोग गर्ने निर्णय गरेपछि घर निर्माणको काम थालनी गरिएको थियो ।

घर निर्माणका लागि वडाध्यक्ष सार्कीले ३ टिप इटा, २ थान ढोकाको चौकोस, २ थान झ्यालको चौकोसलगायत व्यक्तिगत रुपमा नगद सहयो गरेको बताए । वडाध्यक्ष सार्कीका अनुसार वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले नगद ३ हजार, घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी हर्क बहादुर थापाले जस्तापाता, किल्ला काँटीलगायतका सामग्री गरि १५ हजार रुपैया सहयोग गरेको रामशंकर यादवले जानकारी दिए ।

त्यस्तै घर निर्माणका लागि स्थानीय व्यक्तिहरुले इटा, काठलगायत व्यक्तिगत श्रम समेत गरेका छन । घर निर्माणको अन्तीम कार्य भईरहेको समेत यादवले जानकारी दिए ।
त्यस्तै थापाले बिष्टका लागि सुत्ने खाटलगायतका अन्य सामग्रीहरु समेत सहयोग गर्ने बताउका छन । शारिरीक अपांगत भएका विष्टलाई घर निर्माणसँगै खाद्यन्न, लत्ता कपडालगायतका सामग्री आवश्यक रहेकाले सहयोगका लागि सवैसँग आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*