Home / खेलकुद / त्रिपुर कपको फाइनलमा राईजिङ र घोराही–१० भिड्दै

त्रिपुर कपको फाइनलमा राईजिङ र घोराही–१० भिड्दै

दाङ, २२ पुस । साविक त्रिपुर कप–२०७५्र को फाइनलमा आयोजक राईजिङ स्टार फुटवल क्वल हापुर र घोराही–१० नारायणपुर फुटवल टिम भिड्ने भएका छन । घोराही उपमहानगरपालिका–१२ स्थीत राईजिङ स्टार फुटवल क्वल हापुर रतनपुरको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक राईजिङ स्टार फुटवल क्वल र घोराही–१० फुटवल टिम भिड्न थालेका हुन ।

प्रतियोगिताको सेमिफाइन खेलमा आइतवार आयोजक राईजिङ स्टार फुटवल क्लवले हापुर युथ क्लवलाई १ का विरुद्ध ५ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

khum
त्यस्तै प्रतियोगिताको अर्काे खेलमा घोराही–१० नारायणपुर फुटवल टिमले सून्यका विरुद्ध २ गोलले पेदा फुटवल क्वललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल सोमवार दिउँसो १ बजे हापुर रतनपुरमा हुने आयोजक राईजिङ स्टार फुटवल क्वलका तिलक नेपालीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमले नगद १० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । प्रतियोगितामा साविक त्रिपुर नगरपालिका क्षेत्रमा दश वटा टिमको सहभागिता रहेको राईजिङ स्टार फुटवल क्वलका क्याप्टेन मनिष पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*