Home / खेलकुद / लखन कपको राशी एक लाख ११ हजार एक सय एघार

लखन कपको राशी एक लाख ११ हजार एक सय एघार

घोराही, २१ पुस । दाङको घोराहीमा हुन लागेको प्रथम सहिद लखन थापा रनिङ फुटबल प्रतियोगिता २०७५ को प्रथम हुने समूहले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगिता सञ्चालन उपसमितिको शनिबार घोराहीमा बसेको बैठकले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँसँगै ५० हजार बराबरको कप प्राप्त गर्ने निर्णय गरेको हो ।

यस्तै दोस्रो हुने फुटबल समूहले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँ र २५ हजार बराबरको कप प्रदान गर्ने निर्णय गरेको छ । नगद पुरस्कार, कप, प्रमाण पत्रको पनि ब्यबस्था गरिएको छ । यस्तै सर्वोकृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, रक्षक, गोलकर्ता, मध्यपंक्ति, ब्यवस्थापक, प्रशिक्षक, नव उदयमान खेलाडी र क्वाटर फाइनलका म्यान अफ म्याचलाई पनि आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

नेपाल मगर संघ दाङको आयोजनामा मगर दिवसका अवसरमा फागुन २ देखि १५ गतेसम्म फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा जिल्लामा क्रियाशील सरकारी निकायमा दर्ता भएर खेलकुद गतिविधि गरिरहेका फुटबल क्लव तथा विद्यालयले सहभागिता जनाउन पाउने फुटबल प्रतियोगिताका संयोजक मुक्त बुढा मगरले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नगद पाँच हजारसहित माघ ११ गतेसम्म स्थानीय मगर संघको सिफारिसमा नेपाल मगर संघ दाङको कार्यालय घोराहीमा दर्ता हुन आग्रह गरिएको छ । फुटबल प्रतियोगिताको संरक्षकमा मगर संघ दाङका संस्थापक मनबहादुर पुन मगर, गणेशप्रसाद रोका मगर, जंगबहादुर पुन मगर, बलिभद्र राना मगर, खड्गबहादुर बुढा मगर, श्री बुढा मगर र गुप्त रोका मगरलाई चयन गरिएको छ ।

यस्तै स्वयम्सेवक लक्ष्मण बुढा मगर, सञ्चार संयोजक प्रेमबहादुर राम्जा, मञ्च तथा साउण्ड सिष्टम नेपाल मगर विद्यार्थी संघ, मैदान ब्यवस्थापन नेपाल मगर युवा संघ, खेल सचिवालय तथा प्राविधिक नरेन्द्र पुन, खाजा तथा विविध प्रतियोगिता संयोजक मुक्त बुढा मगरलाई संयोजक तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*