Home / Feature Breaking news / पूर्व राष्ट्रपति डा यादव चिकित्सकीय सेवामा फर्किने संकेत

पूर्व राष्ट्रपति डा यादव चिकित्सकीय सेवामा फर्किने संकेत

काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए । पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि कांग्रेस नेता बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*