Home / Feature Breaking news / राजमार्गका सवारी चालकको स्वास्थ्य जाँच शिविर साप्ताहिक

राजमार्गका सवारी चालकको स्वास्थ्य जाँच शिविर साप्ताहिक

दाङ, २० पुस

सवारी दुर्घटना न्यूनिजकरणकालागी ट्राफिक प्रहरीले राजमार्गमा सुरु गरेको सवारी चालकको स्वास्थ्य जाँच शिविरलाई नियमीत बनाएको छ । सवारी दुर्घटना बढ्न थालेपछि पूर्व पश्चीम राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गर्न सुरु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, ट्राफिक प्रहरी पोष्ट लमही र वडा प्रहरी कार्यालय लमही दाङको सक्रियतामा विभिन्न अस्पताल तथा सामाजिक संघसंस्थासँगको समन्वयमा दाङको देउखुरीमा चालकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको छ । जसमा स्थानीय तहहरुले पनि सहयोग गरेका छन् ।

दाङबाट सुरु भएको यो शिविरलाई पाँच नम्बर प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गरिने पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको भनाई छ । ‘आज हामीले यो कार्यक्रमको दाङबाट सुरु गरेर निरन्तरता दिदैछौ’ पाँच नम्बर प्रदेशका प्रवक्ता प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले भन्नुभयो– ‘यसलाई पाँच नम्बर प्रदेशको १२ वटै जिल्लामा लागु गर्छौ ।’ उनले सवारी दुर्घटना हुनुमा चालकको ९५ प्रतिशत गल्ती हुने भएकाले चालकहरुको स्वास्थ्यदेखी उनीहरुलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

लमही नगरपालिकाका अध्यक्ष कुलबहादुर केसीले स्थानीय तहले पनि यस्ता कार्यक्रमलाई सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । लमही नगरपालिका वडा नम्बर १ को सहयोगमा विहीवार स्वास्थ्य शिविर भएको हो ।

आँखाको दृष्टी, प्रेसर लगायत विविभ कमजोरी चालकमा हुदाँ दुर्घटना हुन सक्ने भएकाले स्वास्थ्यबारे सचेत बनाउन राजमार्गमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदनबहादुर कुँवरलले जानकारी दिनुभयो ।

लमही अस्पताल र लमही आँखा अस्पतालका डाक्टरहरुले सवारी चालकको स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

एक दिनमा १ सय ७९ सवारी चालकहरुको स्वास्थ्य जाँच गरिएको थियो । जसमा १६ जनामा आँखाको दृष्टी कमजोरी भएको पाईएको शिविरमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*