Home / Feature Breaking news / सरकारी कार्यालयमै फोहर

सरकारी कार्यालयमै फोहर

दाङ । जिल्लाका सरकारी कार्यालय नै सरसफाइमा कमजोर देखिएका छन् । घोराही उप महानगरपालिका सरसफाइ वातावरण विपद् व्यवस्थापन उप समितीले बिहिवार घोराहीमा गरेको सरकारी कार्यालयको अनुगमनका क्रममा सरकारी कार्यालयमा फोहर फेला पारेको थियो । विगतमा सरसफाइका अगुवाका रुपमा रहेको जिल्ला समन्वय कार्यालयमै फोहर फेला परेको हो ।

अनुगमन टोलीले जिल्ला समन्वय समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराहीमा अनुगमन गरेको थियो । कार्यालय परीसरमा रहेको फोहार समेत उठाइएको थियो । अनुगनका क्रममा जिल्ला समन्य समितीको कार्यालयको शौचालयको पाइप फुटेर दुर्गन्धीत भएको पाइएको थियो । त्यसै गरेर कार्यालयले प्लाष्ट्रिक जन्य वस्तु पनि जलाउने गरेको पाइएको अनुगमन समितीले जनाएको छ ।

त्यसैगरेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अगाडि सुर्ती तथा भोलाका खोलहरु फेला पारेको थियो । कार्यालय परिसर पनि फोहोर पाइएको थियो । अनुगमनमा सरकारी कार्यालयहरुको सरसफाइ सन्तोष जनक नरहेको सरकारी कार्यालय अनुगमन समितिका संयोजक रेमन्ता पुनले बताइन । ‘हामीले अनुगमन गर्दा कार्यालयहरुको सरसफाइ कमजोर फेला पारेका छौ’ पुनले भनिन ‘ सरसफाइमा कमजोर रहेका कार्यालयहरुलाई सरसफाइ राख्न निर्देशन दिएका छौ ।’

जिल्ला समन्वय समितीका निमिति प्रमुख वासुदेव आचार्यले कार्यालयमा देखिएको सरसफाइ कमजोरीलाई समाधान गरी अगाडि वढने बताए । ‘हामी कार्यालय सरसफाइ राख्न लागि पर्ने छौ’ आचार्यले भने । उप महानगरपालिका लाइ पुर्ण सरसफाइ वनाउने अभियान अन्र्तगत अनुगमनलाइ पनि अगाडि वढाइएको सरसफाइ वातावरण तथा विपद् व्यवस्थापन समितीका संयोजक शक्तिराम डाँगीले बताए । ‘नागरिकको घरको अनुगम भन्दा पहिले सरकारी कार्यालय अनुगमन थालेका छौ’ डाँगीले भने ।

सरकारी कार्यालय नै फोहोर हुने नागरिकलाई सरसफाइ गर भन्न नसुकाउने समेत उनले बताए । आफै वाट सरसफाई अगाडि वढाउनु पर्ने भएकाले सरकारी कार्यालयबाट सुरु गरीएको उनले बताए । अनुगमन टोलीले केही दिन अघि सामुदायिक विद्यालयहरुको अनुगमन गरेको थियो । अनुगमन टोलीमा होटल व्यवासायी, अनुगमन समितिका सदस्य केशव गिरी, अस्पताल तथा किल्नीक अनुगमन समितिका कृष्णा राना, मास तथाु वधशाला अनुगमन समितिका गुलाम रसुल, दुर्गा नेपाली, कुन्ती सिजवाल र पत्रकारहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*