Home / Feature Breaking news / महिलाले चलाएको स्कुल संकटमा

महिलाले चलाएको स्कुल संकटमा

अमरराज आचार्य
दाङ । घोराही उप महानगरपालिका वडा नं २ रामपुर निमुरीमा महिला मात्रैले चलाएको गौरीबवई आधारभुत विद्यालय अहिले आर्थिक संकटमा परेको छ । आवश्यक आर्थिक श्रोत नभएपछि विद्यालय संकटमा परेको हो ।

अघिल्लो शैक्षिक सत्रसम्म विद्यार्थीहरुवाट सहयोग लिएर सञ्चालन भएपनि चालु शैक्षिक सत्रदेखि विद्यार्थिहरुबाट शुल्क लिन छाडिएपछि विद्यालय सञ्चालनमा समस्या भएको विद्यालयले जनाएको छ । विद्यालयको अन्य कुनै पनि आम्दानीको स्रोत नभएको विद्यालयका प्रधानाध्यापक भेषा अधिकारीले बताइन । विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिलाहरु मात्र रहेका छन् ।

उक्त विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना रहेका थिए । तर अहिले एक जना शिक्षिकाले राजीनामा दिएपछि ९ जना भएका छन् । ‘अहिले जसो तसो कक्षा सञ्चालन गरी राखेका छौं, तर जनशक्ति प्रयाप्त नहुंदा समस्या भएको छ’—प्रधानाध्यापक अधिकारीले बताइन । प्रानाध्यापकको काम, लेखाको काम र कक्षा गएर पढाउने समेत उनैले गदै आएकी छिन् । ‘के गर्नु जनशक्ति पनि छैन जनशक्ति राख्नका लागि रकम पनि छैन यसरी नै काम गर्नु परेको छ’, प्रअ अधिकारीले भनिन् । आफु विद्यालयको कामले वाहिर जानु पर्दा पढाइमा समेत समस्या हुने गरेको उनको भनाई छ ।

babai
शिक्षिकाले राजिनामा दिएपछि पटक पटक वैठक वसे पनि विज्ञापन खोल्न नसकिएको उनको भनाइ रहेको छ । ‘निजी शिक्षक राख्नका लागि विद्यालयसंग पैसा छैन’ प्रअ अधिकारीले भनिन् । विद्यालयले निजी स्रोतमा राखेका शिक्षिकाहरुलाई समेत ऋण लिएर तलव खुवाउनु परेको उनको भनाइ रहेको छ । अव कसरी लिएको ऋण तिर्ने भन्ने समस्यामा विद्यालय रहेको छ । अघिल्लो शैक्षिक सत्र सम्म विद्यार्थीहरु वाट थोरै भए पनि सहयोग लिएर विद्यालय सञ्चालन गरेको उनको भनाई रहेको छ । तर यस शैक्षिक सत्रवाट विद्यार्थीवाट कुनै पनि सहयोग शुल्क तथा परीक्षा शुल्क समेत नलिए पछि समस्या भएको अधिकारीले बताइन ।

‘हामीलाई विद्यार्थीवाट कुनै पनि शुल्क नलिने भनेर निर्देशन आएकाले विद्यार्थीहरु वाट सहयोग लिएका छैनौं’ अधिकारीले भनिन । यसका वारेमा पटक पटक स्थानिय सरकार लाई जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनको भनाइ रहेको छ । वडा कार्यालय वाट सहयोग गर्ने भनिए पनि हालसम्म सहयोग हुन नसकेको उनले बताइन ।

कक्षा नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालन भएको उक्त विद्यालयमा अहिले १ सय ७३ जना विद्यार्थीहरु रहेका छन । विद्यालयमा अहिले नेपाली तथा अङग्रेजी दुवै माध्यमवाट पढाइ सञ्चालन भइ राखेको उनको भनाइ रहेको छ । अहिले नर्सरी देखि कक्षा १ सम्म अङग्रेजी माध्यमवाट पढाइ सञ्चालन भइ राखेको अधिकारीले बताइन । आफुहरुले कक्षा ५ सम्म नै अङग्रेजी माध्यम वाट कक्षा सञ्चालन गर्ने सोच रहेको उनको भनाइ रहेको छ । आर्थिक समस्याको कारणले नै विद्यालयको परिपरी तारवार गर्ने समेत नसकिएको विद्यालयले जनाएको छ । ‘गाइ गोरु नै विद्यालय भित्रै छिर्ने अवस्था छ’ प्रअ अधिकारीले भनिन । वालवालिका आउँदा जादा जोगाउनै समस्या रहेको उनको भनाइ रहेको छ ।

विद्यालयको ३ विगाहा जमिन रहेको छ । तर त्यो जमिनवाट कुनै आयस्रोत आउने गरेको छैन । यसले गर्दा विद्यालय सञ्चालनमा समेत थप समस्या भएको छ । ‘जमिन भए पनि समतर र उत्पादन हुने खालको छैन’ प्रअ अधिकारीले भनिन । स्थानीयले विद्यालय सञ्चालनको लागि ध्यान नदिने गरेको विद्यालयले जनाएको छ । ग्रामीण क्षेत्र भएकाले पनि अधिकाश गरिव तथा विपन्न परीवारको वाहुल्यात रहेकाले पनि थप समस्या हुने गरेको छ । विद्यालयमा एक जना शिक्षकको मात्र दरवन्दी रहेको छ । दुइ जना राहत, तीन जना वालविकाश र तीन जना निति श्रोतमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*