Home / Feature Breaking news / सञ्चार माध्यम लोकतन्त्रका आधारः मुख्यमन्त्री पोख्रेल

सञ्चार माध्यम लोकतन्त्रका आधारः मुख्यमन्त्री पोख्रेल

दाङ,१६ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सञ्चार माध्यम लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताएका छन । दाङको घोराहीवाट प्रकाशन हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिक १२ औँ बार्षिक उत्सवलाई सम्वोधन मुख्यमन्त्री पोख्रेलले लोकतन्त्रलाई व्यवस्थीत गर्न राज्यको चौथो अंगका रुपमा रहेको सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका हुने बताएका हुन ।

सञ्चार माध्यमले राज्यलाई खवरदारी गर्ने नाममा जनतालाई निराश बनाउने काम मात्र नगरेर सरकारका राम्रा कामहरु जनता समक्ष लगेर जनतालाई उत्साह थप्ने गर्नुपर्ने बताए । साथै उनले सञ्चार क्षेत्रलाई जनताको मन जित्ने गरि तटस्ढ भएर काम गर्न समेत आग्रह गरे ।

देश नयाँ युगमा अघि बढेको भन्दै मुख्यमन्त्री पोख्रेलले अहिले सरकारले काम गरेपनि नदेखिएको भन्दै अबको ६ महिनाभित्र कामको परिमाण देखिने दावी गरे । ‘अहिले केही व्यक्तिले मुलुकमा विकास भएन भन्दै चिन्ता गरेको देखिन्छ,त्यस्तो होइन’,मुख्यमन्त्री पोख्रेलले भने,‘देश विकासको दिशामा अघि बढिसकेको छ,अवको केही समयपछि परिणाम समेत आउने छ ।’

देशको पूर्वपश्चिम रेल सञ्चालको लागि रेलमार्ग, राजधानीलाई छिमेकी दुवै देशसँग जोड्ने हुन थालेको काम, बन्दै गरेका ३ वटा अन्तराष्ट्रिय बिमानस्थल,सरकारले खरिद गर्न थालेका ३ सय विद्युतीय बसले नै देश समृद्धिको दिशमा अघि बढेको संकेत गरेको बताए ।

पत्रिकाका प्रकाशक तथा सम्पादक सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार वनगाउँमा रहेको बराह क्षेत्र माध्यामिक विद्यालयका ३३ जना बालबालिकाहरुलाई बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

त्यस्तै जिल्लाको पत्रकारिताको क्षेत्रका माध्यमवाट विकासमा विशेष भुमिका खेल्ने पत्रकार, निर्माण व्यवसायी, व्यवसायी,राजनीतिकर्मी,संसस्थालगायतलाई सम्मान एव पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका कार्यकारी सम्पादक नवीन अभिलाषीले गरेका थिए । त्यस अवसरमा ३० जना बढिले रक्तदान समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*