Home / Feature Breaking news / गाउँ–गाउँवाट तात्दै नेविसंघ

गाउँ–गाउँवाट तात्दै नेविसंघ

दाङ,१५ पुस । अधिवेशनको प्रक्रियामा प्रवेश गरेसंगै नेपाल विद्यार्थी संघभित्र चुनावी माहोल तातेको छ । नेविसंघले आगामी २८ गते स्थानीय तहहरुको अधिवेशन गर्ने मिति तय गरिसकेको छ ।

१० वटै स्थानीय तहमा माघ २८ मा नेविसंघको नयाँ नेतृत्व आउने छ । नेविसंघका जिल्ला अध्यक्ष राजकुमार डाँगीले नेपाल विद्यार्थी संघको अधिवेशनको प्रक्रिया रफ्तारमा अघि बढिरहेको वताए । ‘माघ २८ मा १० वटै स्थानीय तहहरुमा नेविसंघको अधिवेशन हुँदैछ,’ उनले भने ‘यो मिति तय संगै अहिले जिल्लामा नेविसंघको चुनावी माहोल तातिईसकेको छ ।’

यीनै स्थानीय तहमा हुने अधिवेशनबाट जिल्ला प्रतिनिधि चुनिने छन् । ‘जिल्ला अधिवेशनको तयारी स्वरुप नै स्थानीय तहहरुको अधिवेशन हो,’ उनले भने ‘स्थानीय तहबाटै जिल्ला प्रतिनिधि चुनिएर आउने छन् ।’ प्रत्यक स्थानीय तहको कुल मतदाता मध्य बीस प्रतिसत मतदाता जिल्ला प्रतिनिधि चुनिने छन् ।

स्थानीय तहहरुको अधिवेशन लगत्तै जिल्ला अधिवेशनको मिति तय हुने उनले जानकारी दिए । ‘स्थानीय तहहरुको अधिवेशन पछि, जिल्ला अधिवेशन हुने छ,’अध्यक्ष डाँगीले भने ‘स्थानीय तहहरुको अधिवेशन सकिनासाथ जिल्ला कार्य समितिको बैठक बसेर जिल्ला अधिवेशनको मिति टुंगो लगाउने छौँ ।’
अधिवेशनको प्रक्रियासंगै जिल्ला नेतृत्वको बहस समेत नेविसंघ भित्र निकै चलिसकेको छ । केहि चर्चामा आएका नामहरुका बारेमा अहिले नेविसंघ भित्र विश्लेषण भैरहेका छन् । जिल्ला अध्यक्ष डाँगीले सहि आचारण बोकेका र विद्यार्थीहरुको मनोभावलाई बुझ्न सक्ने व्यक्तिनै नेविसंघको नेतृत्वमा आउने दाबी गरे । ‘

खराब आचरण बोकेकाहरु नेविसंघको नेतृत्व आउनु हुँदैन र त्यस्ता व्यक्तिहरु आउँदैनन् पनि,’ उनले भने ‘विद्यार्थी संगको सामिप्यता भएको र सहि आचरण भएको व्यक्तिलाई विद्यार्थीहरुले आफ्नो अध्यक्ष बनाउने छन् ।’ विद्यार्थीहरुले आफ्नो सहि नेतृत्व चयन गर्न खोजेपनि पार्टीका नेताहरुको ईच्छाका कारण सहि ब्यक्तिलाई पाखा लगाउने प्रयास हुने गरेको पनि उनले वताए । ‘बिद्यार्थीहरुले नै आफ्नो नेतृत्व चुन्न पाउनु पर्छ, तर नेताहरुले सिमित व्यक्तिलाई काखी च्याप्ने प्रबृत्ति देखा पर्छ र विद्यार्थीहरुले स्वविबेकले नेतृत्व चयन गर्न पाउँदैनन्,’अध्यक्ष डाँगीले भने ‘तर अब विद्यार्थीहरु आँफै पनि सचेत भैसकेका छन् र मतदाता विद्यार्थीहरुलाई पनि मेरो अनुरोध छ कि सहि नेतृत्व आफ्नै विवेकले चुनौँ ।’

गुटगत राजनीतिका कारण नेविसंगको गरिमामाथि नै आँच आउन सक्ने भन्दै उनले नेविसंघको मुल्य र मान्यलाई ठेस पुग्न नदिने गरि अबको नेतृत्व चयनमा विवेक अपनाईने पनि वताए । यसअघि पुस १४ भित्रै जिल्ला अधिवेशन गरिसक्न नेविसंघ केन्द्रीय समितिले जिल्लाहरुमा पत्राचार गरिसकेको थियो । तथापी पार्टीको महाधिवेशनका कारण जिल्ला अधिवेशन पुरानो मितिमा हुन नसकेको अध्यक्ष डाँगीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*