Home / Feature Breaking news / लमहीमा क्रिकेट मैदान निर्माण कार्य तीव्र

लमहीमा क्रिकेट मैदान निर्माण कार्य तीव्र

लिलाधर वली
दाङ । देउखुरीको लमहीमा निर्माणाधीन क्रिकेट मैदानको निर्माणकार्यले तीव्रता पाएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा दाङको लमहीमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको कार्यले तिव्रता पाएको छ । सोही अनुसार अहिले क्रिकेट मैदान,पिच, गेट निर्माणदेखि मैदानमा दुवो उमार्ने कामको तयारी भईरहेको छ ।
क्रिकेट परिषद् (आईसीसी)को मापदण्ड अनुसार निर्माण भईरहेको क्रिकेट मैदानको कामलाई तिव्रता दिईएको हो ।

क्रिकेट मैदान निर्माणका लागि हालसम्म लमही नगर विकास समिति र राष्ट्रिय खेलकुद परिषदले पटक पटक गरि करिव चार करोड बढि रकम खर्च गरिरहेको लमही नगर विकास समितिले जनाएको छ । सोही अनुसार क्रिकेट मैदानमा खनेर समथल बनाउनेदेखि तारबार, गेट निर्माण,डिप बोरिङ खन्नेलगायतका कामहरु भईसकेका छन।
आर्थिक वर्ष २०५७÷०५८ मा मैदानको निर्माण शुरू गरिए पनि विभिन्न समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन । ‘देउखुरीमा क्रिकेट खेल मैदान निर्माण कार्य शुरू गरेको लामो समय बित्दा समेत काम सुरु हुन सकेको थिएन’, क्रिकेट खेलाडी समेत रहेका देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेलले भने,‘पछिल्लो समय लमही नगर विकासले पहल गरेपछि क्रिकेट मैदानले तिव्रता पाएको हो ।’

उनका अनुसार अहिले क्रिकेट मैदानमा पिच निर्माणदेखि फिल्ड मिलाउने काम भईरहेको छ । क्रिकेट मैदानमा तारबार गर्नेदेखि कटिङ गर्ने,नाला निर्माणको कार्य भईसकेको लमही नगर विकास समितिका सदस्य पवन रिजालले बताए । ‘२०६४ सालदेखि निर्माणले गतिलिएको खेल मैदानमा आउने माघ महिनामा महिलाहरुको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेकाले हामीहरुलाई हर्षित बनाएको छ’, रिजालले भने,‘सोही प्रतियोगिताले गर्दा अहिले क्रिकेट मैदानको निर्माणले तिव्रता पाएको छ ।’ उनका अनुसार यो क्रिकेट मैदान दाङको मात्र नभएर ५ नं. प्रदेशकै गहणको रुपमा रहेकाले सरकारी स्तरवाट थप विकास हुन आवश्यक रहेको समेत बताए ।

करीब ४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्रिकेट मैदानको विकासका लागि नगर विकास समितिले करिव साढे तीन करोड रुपैयाँ र राष्ट्रिय खेलकुद परिषदले हालसम्म ७५ लाख रुपैयाँ खर्च गरेको लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताए । जसमध्य १५ लाख रुपैयाँको अहिले पनि काम भईरहेको समेत उनले गोरक्षलाई जानकारी दिए ।

उक्त डिजाइनअनुसार २२ हजार दर्शकले एकैसाथ खेल हेर्न सक्नेछन् । डिजाइन स्टिमेटअनुसार मैदानको व्यास (डाइमिटर) १ सय ३७ मिटर र अर्धव्यास (रेडिएस) ६५ मिटर छ । यो क्रिकेट मैदान निर्माण पुरा भएमा पश्चिम नेपालकै नमूना क्रिकेट मैदान हुने नेपाल क्रिकेट एशोसियशनका क्यूरेटर प्रफुल्लसागर प्रधानले बताए । ‘यो क्रिकेट स्टीडियम तयार भएपछि काठमाण्डौपछिकै स्तरीय मैदान बन्नेछ’,प्रधानले भने,‘त्यसैले यो दाङको मान शानको विषय होइन देशकै शानका रुपमा रहनेछ ।’

उनका अनुसार यो क्रिकेट मैदानले धेरै सम्भावना बोकेको समेत बताए । प्रधानका अनुसार आउने माघ महिनामा हुन थालेको आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेट खेल सञ्चालन गर्ने गरि फिल्ड निर्माण, पिच निर्माणदेखि दुवो उमार्नेलगायतका कामहरु भईरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*