Home / Feature Breaking news / दाङमा पुस १२ देखि नियमित विमान सेवा

दाङमा पुस १२ देखि नियमित विमान सेवा

दाङ । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको तुलसीपुर विमानस्थलमा अव दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ ।

नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाका अनुसार पुस १२ गतेबाट लागु हुने गरि दैनिक विमान सेवा सञ्चालन हुने भएको हो । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो ।

“दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित भएका छौ” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए । उनले दैनिक विमान सेवा सञ्चालन गर्न सफल भएकोमा तुलसीपुर उपमहानगरपालिकालाई धन्यवाद समेत दिए । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तीले दैनिक विमान सेवा सञ्चालन हुनु सबैका लागि खुसीको कुरा भएको वताए । “यसले तुलसीपुरलाई आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नेछ” घर्तीले भने ।

विमान सेवा नियमित हुने भएपछि यस क्षेत्रका सर्वसाधारणहरुमा निकै उत्साह छाएको छ । “सातामा ३ पटक हुँदा चाहे अनुसार विमान सेवा लिन सकिएको थिएन अव भने आवश्यक परेको वेलामा चढ्न पाइने भयो” स्थानीय माधव घिमिरेले वताए ।

नगरप्रमुख घनश्याम पाण्डेले जनताका माझमा गरेको वाचा पुरा भएको वताए । उनले विमान सेवा दैनिक सञ्चालनका लागि अग्रसरता देखाउने नेपाल वायुसेवा निगमप्रति आभार समेत व्यक्त गरे । नगरप्रमुख पाण्डेले इन्धन डिपो स्थापनाका लागि अन्तिम पहल भइरहेको भन्दै टर्मिनल भवन निर्माणका लागि टेण्डर समेत भइसकेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*