Home / समाचार / पत्रकारमाथि भएको दुव्र्यवहारको घट्नाप्रति युनियनको ध्यानाकर्षण

पत्रकारमाथि भएको दुव्र्यवहारको घट्नाप्रति युनियनको ध्यानाकर्षण

दाङ,९ पुस । नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनालसहित कार्यसमिति सदस्य प्रिया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथि प्रहरीले गरेको अभद्र व्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ । सोमवार युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के. शीतलले विज्ञप्ती जारी गर्दै देउखुरीमा आइतवार समाचार संकलनका क्रममा प्रहरीले गरेको दुव्र्यवहारको घट्नाको भ्रत्सना गरिएको हो ।

कन्चनपुरबाट झापा लैजान थालिएका गोरुको बारेमा समाचार संकलन गर्न राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा प्रहरीले पत्रकारहरुमाथि अभद्र व्यवहार गरेको थियो । स्थानीयले ति गोरुहरु रोकेर राखेका थिए । प्रेस युनियनका सहसचिव खनालसहितका पत्रकारहरु त्यहाँ समाचार संकलनका लागि पुगेका थिए । त्यस क्रममा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक रविन्द्रराज पाण्डेले सञ्चार सामाग्री खोसेको र फोटो, भिडियो समेत डिलिट गरिदिएका थिए । साथै पत्रकारहरुले परिचय पत्र देखाउदा पचियपत्र खोसेर हातपात समेत गरेको घट्नाको प्रेस युनियन दाङले खेद प्रकट गरेको हो ।

‘नागरिकले सत्यतथ्य सुचना पाउने हकको कार्यान्यवनकालागी घटनास्थलबाट लिईएको श्रव्यदृष्य सामाग्री खोसेर मेटाउनु संविधानको मौलिक हकको ठाडो उलंघन हो’ युनियन दाङको विज्ञप्तीमा उल्लेख छ– ‘पत्रकारहरुको परिचयपत्र खोसेर उनीहरुमाथि भएको दुव्र्यवहार निन्दनिय कार्य हो ।’ साथै यस्ता प्रेस स्वतन्त्रता बिरोधी गतिविधी नदोहोर्याउन पनि युनियन दाङले सम्वन्धित पक्षलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*