Home / समाचार / मानवअधिकारका पक्षमा हस्ताक्षर संकलन

मानवअधिकारका पक्षमा हस्ताक्षर संकलन

दाङ । एमनेस्टी ईन्टर नेशनल नेपाल अन्तर्गत जिल्लामा रहेका विभिन्न संस्थाहरुले मानव अधिकारका पक्षमा हस्ताक्षर संकलन गरेका छन् । जिल्लाका विभिन्न स्कुल तथा कलेजहरुमा गएर हस्ताक्षर संकलन गरेका हुन् ।

अम्बिकेश्वरी युथ नेटवर्क,अग्रासन युथ नेटवर्क,गोर्खा ईन्टरनेशनल युथ नेटवर्क र भिक्टोरिया युथ नेटवर्कले सामुहिक रुपमा हस्ताक्षर संकलन गरेको अम्बिकेश्वरी युथ नेटवर्कका संयोजक बलवहादुर ओलीले जानकारी दिएका छन् । उनका अनुसार यो हस्ताक्षर अभियान तीन साता सम्म चलेको थियो ।

समय समयमा मानव अधिकार हनन्का घटना भैरहेको भन्दै मानव अधिकारको संरक्षणका लागि सबैलाई जागरुक बनाउने उदेश्यले हस्ताक्षर संकलन गरिएको उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*