Home / समाचार / राम्री दुर्घटनाः मृतक २३ मध्ये १२ को सनाखत

राम्री दुर्घटनाः मृतक २३ मध्ये १२ को सनाखत

दाङ । तुलसीपुरको राम्रीमा भएको बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडानम्वर–३ राम्रीमा हिजो साँझ बस दुर्घटना भएको थियो । दुर्घटनाका घाइते जुम्ला जिल्ला कन्करा गाउँपालिका–५ का १८ वर्षिय बिरेन्द्र कडाराको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वलीको मृत्यु भएको छ ।
त्यसैगरी दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का २० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का १९वर्षिय बिजय जीएम, जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ३ बस्ने १७ बर्षिय हिक्मत बोहोरा र कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ५ बस्ने १७ बर्षिय खेमराज भट्टको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै जुम्ला जिल्ला चंन्दननाथ नगरपालिका ६ बस्ने १६ बर्षिया कुसुम रावल, दाङ जिल्ला बबई गाउँपालिका ५ बस्ने २१ बर्षीयकी कबिता खत्री, जाजरकोट जिल्ला भेरीगंगा नगरपालिका ४ बस्ने १७ बर्षीय आतिस नेपाली रहेको जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेयले जानकारी दिए । त्यस्तै जुम्ला जिल्ला हिमा गाउँपालिका ५ बस्ने १७ बर्र्षीया शैलजा शाहीको अहिलेसम्म सनाखत भएको प्रहरीले जनाउको छ । अन्यको सनाखत हुन बाकी रहेको प्रहरी जानकारी दिएको छ । मृतकहरु मध्य ५ जनाको शव परिवारले बुझेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेको विबरणः

१. जिल्ला जुम्ला तातोपानि गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने

२. ऐ चन्दनाथ न.पा. ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै उपचार हुदै सिरियस

३. जिल्ला कैलाली टिकापुर न.पा.८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने ।

४. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को बिक्रम भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

५. जिल्ला रुकुम त्रिबेणी गा.पा.६ बस्ने बर्ष १७ को प्रेम बहादुर खड्का, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

६. जिल्ला दाङ घोउमनपा १७ स्यूजा बस्ने बर्ष १७ की मनिका रिजाल, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

७. जिल्ला जुम्ला चन्दनाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

८. ऐ.ऐ. ४ बस्ने बर्ष १६ की बर्सा रोकाया, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै अबस्था सुधार हुदै सामान्य

९. जिल्ला अछाम मंलगसेन नगरपालिका वडा नं.५ बस्नेबर्ष १८ को यूवराज ढुंगाना, (अवस्था सिरियस) कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

१०. जिल्ला रुकुम सानीभेरी गा.पा. २ बस्ने बर्ष १६ की रोजिना पुन, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

११. जिल्ला दाङ घोराही उपमहानगरपालिका १४ बस्ने बर्ष २० को संजय खनाल, रिफर नर्सिङहोम नेपालगंजमा उपचार हुदै सिरियस

१२. जिल्ला रुकुम सानोभेरी गा.पा.१० अर्मा बस्ने बर्ष १७ को राजन डागी, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

१३. जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने बर्ष १८ को भद्र बिष्ट, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस बोल्न सक्ने

१४. जिल्ला रोल्पा परीवर्तन गा.पा.४ बर्ष १७ को प्रकाश वली, कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै सिरियस

मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका छन । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*