Home / Feature Breaking news / जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङका भण्डारीको उमेदवारी

जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङका भण्डारीको उमेदवारी

दाङ । युवा व्यवसायी लालमणि भण्डारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । त्रिभुवन नगर जेसीजका वर्तमान अध्यक्ष समेत रहेका भण्डारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको लागि उमेद्धवारी दिएका हुन ।

नेपाल जेसीजको ४५ औं महाधिवेशन पुसको ७ देखि १० गतेसम्म जनकपुरमा हुँदैछ । जेसीज अभियानमा करिव एक दशक लामो समय विताईसकेका भण्डारीले त्रिभुवन नगर जेसीजका विभिन्न पदमा बसेर सफलता पूर्वक काम गरिसकेका छन् ।

भण्डारी सन २०१३ मा सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा उपाध्यक्ष, २०१६ मा महासचिव, २०१७ मा कोषाध्यक्ष र २०१८ मा अध्यक्ष भएर जेसीजमा सफलतापूर्वक काम गरिरहेका छन ।

युवाहरुको सञ्जालको रुपमा अन्तराष्ट्रिय क्षेत्रमा नै फैलिएको जेसीज अभियानमार्फत् युवाहरुको नेतृत्व, व्यक्ति विकाससँगै उद्यमशिलतामा लगाउनका लागि आफुले आफुले नेपाल जेसीजको उपाध्यक्षमा उमेद्धवारी दिन थालेको बताए ।

जेसीजभित्र उद्योगी, व्यवसायी, राजनीतिज्ञदेखि लिएर बैङ्करलगायतमा आवद्ध युवाहरु रहेका छन ।

युवाहरुलाई नेतृत्व विकास तालिम, रोजगारमूलक तालिमदेखि अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्ने गरी युवाहरुको सहभागिता बनाउने काम जेसीजले गर्दै आएको छ । नेपाल जेसीजमा देशभरिका १४५ शाखाका १७०० मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*