Home / समाचार / राम्री दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो

राम्री दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो

दाङ । बहुप्राविधिक शिक्षालयको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कदै गर्दा तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका वडानम्वर–३ राम्रीमा हिजो साँझ बस दुर्घटना भएको थियो । दुर्घटनाका घाइते कन्करा गाउँपालिका–५ का १८ वर्षिय बिरेन्द्र कन्कराको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी शाहीका अनुसार दुर्घटनामा परी बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के।सी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वलीको मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षिय बिजय जीएम, जाजरकोटका अतिस नेपाली, जुम्लाका हिक्मत बोहोरा र कञ्चनपुरका खेमराज भट्टको मृत्यु डिएसपी शाहीले जानकारी दिए । । मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी रहेका छन । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*