Home / खेलकुद / नवलपुर कपको उपाधि राप्ती क्लवलाई

नवलपुर कपको उपाधि राप्ती क्लवलाई

दाङ । मंसिर २७ देखि पुस ६ गतेसम्म चलेको केशरसंहि श्रेष्ठस्मृति आमन्त्रणकप फूटबल प्रतियोगिता २०७५ नवलपुर कपको उपाधि राप्ती क्लब घोराहीले हात पारेको छ ।
शुक्रवार भएको खेलमा न्यूस्टार फूटबल एकेडेमी घोराहीलाई ट्राइबेकरमा हराएर राप्ती क्लब विजयी भएको हो ।

खेल अवधिभर एक एक गोल गरेका दुबै टोलीबीच पेनाल्टी सुटआउट गराइएको थियो । जसमा राप्तीले ३ गोल गर्यो भने न्यूस्टारले कुनै गोल गर्न सकेन ।
प्रतियोगिता जितेसँगै राप्ती क्लबले कप र नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै दोस्रो हुने न्यूस्टारले २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गरेको छ ।
खेलमा रोल्पाको सनस्टार र दाङका ७ क्लबले भाग लिएका थिए ।

बिजयी खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)का उपाध्यक्ष उपेन्द्रमान सिंह र खेल क्षेत्रका अगुवा नारायणसिंह गुरुङले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो ।
नवलपुर युवा क्लब घोराही १८ नवलपुरले आफैले निर्माण गरेको नवलपुर मैदानमा खेल आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*