Home / Feature Breaking news / देउखुरीमा बस दुर्घटना हुदा १६ यात्रु घाईते

देउखुरीमा बस दुर्घटना हुदा १६ यात्रु घाईते

लमही। देउखुरीको सतबरियामा यात्रुबहाक बस दुर्घटना हुँदा १६ यात्रु घाईते भएका छन् ।

नेपालगञ्जबाट घोराही आउदै गरेको ना ७ ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नं. ८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् । घाईते सबैको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

तीब्र गतिमा रहेको बस अनियन्त्रित हुदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ। दुर्घटनामा घाइते हुनेहरुको नाम खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*