Home / Feature Breaking news / घोराहीको बैंक रोडमा दुईपांग्रे बाहेकका सवारी साधनलाई प्रवेश निषेध

घोराहीको बैंक रोडमा दुईपांग्रे बाहेकका सवारी साधनलाई प्रवेश निषेध

घोराही, ६ पुस

घोराही बजारको व्यापारिक केन्द्र बैंक रोडमा तीनपांग्रे तथा चारपांग्रे सवारी साधन आवतजावतमा रोक लगाएको करिब ३ वर्षभन्दै धेरै भयो । तर यसको कार्यान्वयन हुन नसकेको अवस्थामा ट्राफिक प्रहरीले कार्यान्वयन गर्न सुरु गरेको छ ।

तीनपांग्रे तथा चारपांग्रे सवारी साधन पवेश निषेधको बोर्ड राखेको सुरुसुरुमा कार्यान्वयन भएपनि त्यसले पूर्णता पाउन सकेको थिएन ।

जसको कार्यान्वयन गर्न जिल्ला ट्राफिक कार्यालयले सुरु गरेको छ । पुरानो रोड जसलाई बैंक रोडको नामले चिनिन्छ । जहाँ कपडा पसलहरु बढिमा मात्रामा रहेका छन् । यो रोड प्राय भिडभाड नै हुन्छ ।

सो रोडमा चल्ने तीनपांग्रे र चारपांग्रे सवारी साधनलाई कारबाही गर्न सुरु गरिएको छ । यो रोडमा अटोरिक्सा र निजी कारहरु बढि मात्रामा आवतजावत गर्ने गरेको पाईएको ट्राफिक प्रहरीको भनाई छ ।

ती सवारी साधनलाई निषेधीत क्षेत्रमा प्रवेश गरेकोमा ५ सय देखी १५ सयसम्म जरिमाना गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।

यो कार्यलाई निरन्तरता दिन आवश्यक रहेको व्यवसायी एवं पैदल यात्रुहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*